आज सुनचाँदीको कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । आज पनि छापावाल सुन प्रति ताेलामा १२०० रुपैयाँ घटेको छ ।

हिंजाे ९४ हजार ३ सय रुपैयाँ रहेकाे छापावाला सुनको भाउ आज प्रतिताेला तोलामा १२ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन पनि घटेर आज प्रति तोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेर तोलाकाे ११ सय २० रुपैयाँ निर्धारण गरिएकाे छ ।

हिंजाेर चाँदी तोलाकाे ११ सय ९० रुपैयाँ ताेकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्