पूर्वी पाल्पाको फोक्सिङकोटमा पहिरो, एकै घरका पाँच सहित ६ जना वेपत्ता



कविराज नेपाल, पाल्पा ।

तीन देखि अर्थात गत मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर पाल्पामा एकै घरका पाँच र अर्का एक घरका एक गरी ६जता वेपत्ता भएका छन । विहिवार विहान पूर्वी पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोट स्थित गहिराटोल बेलौजामा पहिरो गएको हो ।

पहिरोले फोक्सिङकोट बेलौजाका दुइ घर पुरिएका छन् ।स्थानीय हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएका वडा अध्यक्ष उमानसिंह सारूले बताउनु भयो ।

विहान ४ बजे तिर गएको पहिरोमा परी सुतिरहेका हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएका हुन ।

वडाध्यक्षका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् ।

अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन् । त्यस्तै फोक्सिङ्कोटकै सुरूमडाँडामा पहिरोले घर पुरिएर एक महिला समेत बेपत्ता भएको स्थानीयले वताएका छन ।

घटनास्थल सदरमूकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको वताइएको छ ।

बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटना ःथलमा प्रहरी परिचालन भएको वताएको छ ।

प्रतिक्रिया दिनुहोस्