एनसेलबाट नन्स्टप टिकटक र फेसबुक



काठमाडौं, (नेस)
एनसेलका ग्राहकले अब थप विकल्पका साथ टिकटक र फेसबुक नन्स्टप प्रयोग गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले नन्स्टप अफरअन्तर्गत टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको योजना ल्याएको छ ।

‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबारदेखि सञ्चालनमा आएका छन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समय सिमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालको प्रयोग गर्न सक्छन् । ग्राहकले २५ रुपियाँ (करसहित रु. ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ३६० रुपियाँ (करसहित रु.४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिएर नन्स्टप रुपमा यसको प्रयोग गर्न सक्छन् ।

साथै ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

एनसेलको फोरजी सेवा लिएका ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशनअनुसार नन्स्टप अफरको विकल्प सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवाप्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवावा प्रभुपेमार्फत आफूलाई मनपर्ने प्याक सुचारु गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्