निगमको नौ गन्तव्यमा उडान नियमित



काठमाडौं, (नेस)

नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा नौ गन्तव्यमा नियमित सेवा शुरू गरेको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ ।

निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगन्ज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन् ।

त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगन्ज, नेपालगन्ज– जुम्ला, जुम्ला–नेपालगन्ज, नेपालगन्ज–रुकुम, नेपालगन्ज–बाजुरा र बाजुरा–नेपालगन्जका लागि पनि उडान निर्धारण गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्