काश्मिर संघर्ष दक्षिण एसियाको शान्ति तथा स्थिरताका महत्वपुर्ण हो ः अर्डोगान



न्युयोर्क (एजेन्सी)

टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले पुन एक पटक काश्मिरको मुद्दा संयुक्त राष्ट्र संघमा उठाएको छ । एक दिन अघि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले संयुक्त राष्ट्रको ७५ आंै वर्षगांठमा आफनो भाषणमा काश्मिरको मुद्दा उठाएको थियो ।

महासभालाई सम्बोधन गर्दै अर्दोगानले भने , काश्मिर संघर्ष दक्षिण एसियामा शान्ति तथा स्थिरताका लागि अत्यन्त महत्वपुर्ण हो । यो अहिले पनि एक ज्वलन्त मुद्दा हो । जम्मु काश्मिरलाई विशेष दर्जा दिइएको संवैधानिक प्रावधान समाप्त पारेपछि स्थिति जटिल भएको हो ।

अर्दोगानको टिप्पणीलाई लिएर भारतले कडा आपत्ती जनाएको छ । संयुक्त राष्ट्रमा भारतका प्रतिनिधि टीएस त्रिमुर्तिले भने, भारतको केन्द्र शासित प्रदेश जम्मु काश्मिरमा हामीले राष्ट्रपति अर्दोगानको टिप्पणीलाई हेरेका छौं ।

यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो र यो भारतका लागि पुर्ण रुपमा अस्विकार्य छ । टर्कीले अर्को दशेको सम्प्रभुताको सम्मान गर्न सिक्नु पर्छ ।टर्कीको विदेश मन्त्रालयका प्रवक्ताले पनि काश्मिरलाई लिएर यस्तै खालको टिप्पणी गरेको थियो ।

त्यतिबेला पनि भारतले यसलाई अनुचित भएको बताएका थिए । यसै बर्षको फेब्रुअरीमा टर्कीका राष्ट्रपति अर्दोगान पाकिस्तान भ्रमणमा आएका थिए । त्यतिबेला उनले पाकिस्तानी संसदलाई संम्बोधन गर्दै काश्मिर मुद्दाको जति महत्व पाकिस्तानीका लागि छ त्यति नै तुर्केली जनताका लागि पनि भएको बताएका थिए ।

अर्दोगानले मंगलबार संयुक्त राष्ट्रको महासभामा भने, हामी काश्मिर मुद्दाको समाधान संवाद, युएनको प्रस्ताव तथा काश्मिर जनताको अपेक्षा अनुसार गर्ने पक्षमा छौं ।टर्कीका राष्ट्रपतिले जेरुसलममा दुतावास खोल्ने मनसाय राख्ने देशहरुको पनि आलोचना गरेको छ ।

यो राष्ट्रसंगको प्रस्ताव तथा अन्तराष्ट्रिय कानुनको उलंघन भएको उनले बताए । यसले प्यालेस्टिनी समस्या थप जटिल हुने टर्कीका राष्ट्रपतिले बताए । गत बर्र्ष पनि अर्दोगानले संयुक्त राष्ट्रको महासभालाई सम्बोधित गर्ने क्रममा काश्मिरको मुद्दा उठाएका थिए ।

त्यतिबेला पनि उनले दक्षिण एसियामा शान्ति, स्थिरता र सम्पन्नता काश्मिर मुद्दाबाट अलग गर्न नसकिने बताएका थिए । पाकिस्तान प्रशासित काश्मिरका नेता मसुद खानले अर्दोगानको यो नितिको स्वागत गरेको छ । टर्र्की पाकिस्तानका वास्तविक मित्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस्