देउराली जनताद्धारा नेपालमै पहिलो पटक कोरोना संक्रमणको औषधि उत्पादन शुरु



न्युज अफ नेपाल,काठमाडौ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड – १९ को उपचारका लागि महगोमा खरिद हुँदै आएको र्यासेडिभर नामले चिनिदै आएको खोप अब नेपालमै देउराली जनता फर्मास्यूटिकल्स प्रा.लि.ले फेभिपारभिर (फेभिर २०० ट्याब्लेट) का नामले चिनाउँदै २ सय एमजीको ट्याबलेट उत्पादन शुरु गरेको जनाएको छ ।

यो औषधि कोरोना संक्रमितलाई आकस्मिक प्रयोगका लागि अनुसन्धानात्मक औषधिका रुपमा विश्वलेनै प्रयोग गर्दै आएको छ । यो औषधि यस अघि नेपालमा भारतबाट ल्याउनका लागि सिमित सप्लायर्सहरुलाई मात्र टेष्डर स्वीकृति गरिएको र औषधिमा कालाबजारी हुँदै आएको थियो ।

६ हजार ४ सयमा टेण्डर स्वीकृति भएको औषधिको ४० हजार देखि एक लाख सम्म कालाबजारियाले लिदै आएको पिडितहरुले यस अघि नै सार्वजनिक गरेका थिए । पहिला भने यो सामान्य रुपमा पाईने औषधि भएपनि कोरोनामा प्रयोग भएको भन्ने बित्तिकै कालाबजारी शुरु भएको थियो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड – १९ को कारण संसारभरको मानव समुदाय अहिले कठिन समयको सामना गरिरहेको छ । नेपालमा पनि यसको संक्रमण दर उच्च गतिमा समुदायमा बढीरहेको छ ।

हाल देशका ७७ बटै जिल्लाहरुमा दु्रतरुपमा पmैलिरहेको कोभिड(१९ महामारीको रोगबाट हालसम्म देशभर मंगलबार सम्म ६६ हजार ६ सय ३२ जना संक्रमित भइसकेको र ४ सय २९ जना व्यक्तिको दुखद निधन भईसकेको छ । यसको संक्रमण क्रमशस् बढ्दै जाने देखिएकोले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फेभिपारभिर ट्याब्लेट एन्टीभाइरल औषधीलाई विश्वका धेरैे मुलुकहरुले कोभिड-१९ का बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेको देउराली जनताले जनाएको छ ।

हालसम्म फेभिपारभिर ट्याब्लेट औषधि जापान, चिन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड-१९ को उपचारका लागी अत्याबश्यक प्रयोग गर्न अनुमती प्रदान गरीसकेका छन् ।

कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको यस कठिन घडीमा बिगत तीन दशक देखी नेपालमा औंषधी उत्पादन गर्ने यस कम्पनीेले आफ्नो दायित्व बोधगरि कोभिड(१९बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस भन्ने उद्देश्यका साथ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था बिभागबाट उत्पादनको अनुमति लिई नेपालमानै पहिलोपटक फेभिपारभिर औषधी उत्पादन शुरु गरीसकेको जनाएको छ ।

कोभिड(१९ को उपचारका लागी क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था बिभागबाट मितिः २०७७/०६/०६ मा स्विकृति प्राप्त भएको छ ।
देउराली जनताले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तत्वावधानमा कोभिड–१९ को उपचारको लागि यस औषधिलाई आकस्मिक अनुसन्धान गर्नकोलागि किलनिकल अध्ययन गरि त्यसको प्रभावकारीताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने तैयारी समेत गरीरहेको कुरा जानकारी गराउँदछौं ।

कोभिड–१९ का बिरामिहरुको उपचार/प्रयोगको लागी चिकित्सकको सिफारिस र निगरानिमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरि औषधि व्यवस्था बिभागबाट स्विकृति प्राप्त भएको कुरा जानकारी गराउँदछौं ।

महामारीको यस बिषम परिस्थितिमा फेभिपारभिर २ सय ट्याब (फाभिर–२००) नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मंत्रालय र औषधि व्यवस्था बिभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामिहरुको उपचारका लागी आबश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन यस कम्पनिले सम्र्पूण तैयारि गरिसकेको देउराली जनताले बुधबार विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

विज्ञप्तीमा भनिएको छ-आज नेपाल यो औषधि उत्पादन गर्ने आठौ देश भएको छ । नेपालमै पहिलो पटक उत्पादन गरि कोभिड(१९ बिरामीहरुको उपचारमा समेत योगदान पु¥याउन सकेकोमा हामी देउराली–जनता परिबार गौरवान्वित छौ ।

यस कम्पनिमा कार्यरत स्वदेशी र विदेशी विश्वविद्यालयहरुबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकहरुलाई यस्तो बिषम परिस्थितीमा बिगत ६ महिना देखि निरन्तर र अथक परिश्रम गरि आफ्नो व्यवसायीक जिम्मेवारी निर्बाह गर्दै यो महत्वपुर्ण औषधि नेपाली जनतालाई सिघ्र उपलब्ध गराउंन सफलता प्राप्त गरेकोमा हामी यस कार्यमा संलग्न सबै वैज्ञानिक र प्राविधिकहरुलाई हादिक धन्यबाद सहित आभार व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्