अस्पतालको सेवा बन्द



सीताराम अधिकारी,धादिङ ।

धादिङ अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि आपतकालिन सेवा बाहेकका सेवा बन्द भएको छ।धादिङ अस्पतालमा आपतकालिन (इमर्जेन्सी), ज्वारो (फिवर) क्लिनक र प्रसुती सेवा बाहेक अस्पतालका सम्पूर्ण सेवाहरु बन्द गरेको हो ।

अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मीहरुको स्वाव संकलन गरी पठाउँदा १ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अन्य सेवाहरु बन्द गरिएको छ । नियमित रुपमा संचालन गरिएको बहिरंग (आपिडि) सेवा, अन्य विषेशज्ञ सेवा लगायतका सेवाहरु कोरोना संक्रमण कारण रोक्नु परेको धादिङ अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।

कोरोना संक्रमित स्वास्थ्यकर्मीसंँग प्रत्यक्ष सम्पर्कमा नरहेका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाई पिपिई सेट लगाई अत्यावस्यक सेवा संचालन गरिने अस्पतालले जनाएको छ । बहिरंग लगायत अन्य सेवाहरु बन्द गराउँदा सेवाग्राहीमा भएको कठिनाई प्रति अस्पतालले सूचना प्रकाशन गरि क्षमा मागेको छ ।

प्रतिक्रिया दिनुहोस्