प्रतिपक्षी दललाई बेवास्ता गरेको भन्दै ज्ञापनपत्र



यमलाल भुसाल,बुटवल ।

नेपाली कांग्रेस बुटवल वार्ड नं ११ वडा समितिले महत्वपुर्ण विकास निमार्ण र योजनाहरु अघि बढाउदा आफुहरुलाई वेवास्ता गरेको भन्दै कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । वडामा दिर्घकालिन अर्थ राख्ने योजना र कार्यक्रम संचालन गर्दा प्रतिपक्षीदललाई वेवास्ता गर्नु लोकतन्त्र विरोधी कार्य भएको जनाएको छ ।

विकास निमार्ण देखि हरेक कुराहरुमा सहयोग र सहकार्य गर्दै जादा पनि वेवास्ता गरिनुले हरेक गतिविधिहरुमाथी शंका पैदा गरेको कांग्रेसको ठहर रहेको छ । बुधबार बुटवलको वार्ड नं ११ का अध्यक्ष रामचन्द्र क्षत्रीलाई ज्ञापनपत्र बुझाउदै कांग्रेसले तत्काल यस्ता क्रियाकलाप सुधार गर्न चेतावनी दिएको हो ।

कोरोना भइरसले नागकिरहरु आक्रान्त भएको समयमा पनि पीसीआर गर्ने देखि अन्य पुर्वाधार निमार्णमा वडा कार्यालय गम्भिर नभएको गुनासो कांग्रेसले गरेको छ । वडा अध्यक्ष चित्र वहादुर वर्माको नेतृत्वमा गएको वडा कार्यालयमा पुगेर ७ वुद्धे ज्ञापन पत्र बुझाएको हो ।

नेपाली कांग्रेसका महासमिति सदस्य काजिमान श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र न २ को प्रदेश समितिका सहसचिव नेत्र भट्टराई,वडा अध्यक्षका प्रत्यासी सावित्रा टण्डन,जित वहादुर मल्ल, कुल वहादुर केसी,उपसभापति कृष्ण वहादुर जिसी सचिव दुर्गा वहादुर खत्री, अर्जुन वहादुर कुवंर लगायत सहभागिता रहेको थियो ।

ज्ञापन पत्रमा वडा कार्यालयमा भैरहेको अब्यवस्तित बस्ती तथा सार्वजनिक क्षेत्रको जग्गा नाप जांचको उद्देश्य प्रष्ट नभएको तथा त्यस्ता वस्तीहरुको दर्ता गर्दा लाग्ने शुल्क महंगो भएको लगायतका कुरा उल्लेख गरिएको छ ।

जग्गा नाप जांच गर्दा पुर्वाग्रह देखिन थालेकोले प्रतिपक्षी तथा अन्य दलहरुलाई पनि साथमा लिएर अघि बढ्न आग्रह गरिएको छ । त्यसैगरि विकास निमार्णको काम लथालिङ भएको, जनता आवास कार्यक्रम लागु गर्दा त्यसको मापदण्ड स्पष्ट नपारिएको, सार्वजनिक जग्गा मनोमानी वितरण गरिएको लगायतको कुराहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझाउदै वडा सभापति बर्मा विपक्षी दलसंग सहकार्य नगरेको भन्दै तत्काल सुधार गर्न आग्रह गर्नु भयो । ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष क्षत्रीले आफ्नो निकाय बाट हुने र सम्भव भएका कुरा तुरुन्त सच्याउने र अव का कार्यक्रममा विपक्षी दलसंग सहकार्य गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्