पुराना काँग्रेस कार्यकर्तालाई क्रियाशील सदस्यता पाउन माओवादी बन्नैपर्ने बाध्यता



k|wfgdGqL b]pjf r’gfjL ;ef ;Daf]wg g]kfnL sfFu|];sf ;efklt Pj+ k|wfgdGqL z]/axfb’/ b]pjf cfOtaf/ 88]Nw’/fsf] k/z’/fd gu/kflnsfsf] hf]ua’9fdf cfof]lht r’gfjL ;efnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

राम धामी,डडेल्धुरा ।

विद्यार्थी जीवनमा छदाँ २०४६ सालतिर नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिएका परशुराम नगरपालिका–१२ का यज्ञराज भट्टराई विगत तीन दशकदेखि नेपाली काँग्रेसको सकृय राजनीतिमा छन् ।

यसबर्ष कृयासिल सदस्यता वितरण गरिदाँ उनलाई तत्कालिन नेकपा (माओवादी केन्द्र) बाट काँग्रेस प्रवेश गर्नेहरु कार्यकर्ताहरुको सुँचीमा राखिएको छ । भट्टराईमात्रै होइनन् नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा लामो समयदेखि काँग्रेसको राजनीतिमा आवद्ध कार्यकर्ताहरुलाई कृयासिल सदस्यता पाउन माओवादी बन्नुपर्ने बाध्यता आईलागेको छ ।

सयौं काँग्रेस कार्यकर्ताहरुलाई माओवादीबाट काँग्रेस प्रवेश गरेको देखाएर कृयासिल सदस्यता वितरण भइरहेको छ । माओवादीबाट काँग्रेस प्रवेश गरेका भन्दै कृयासिल सदस्यता पाउने सुँचीमा काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधीहरुको नामसमेत समावेश गरिएको छ भने दशकौंदेखि काँग्रेसका बिभिन्न इकाई कार्यसमितिमा जिम्मेवारी निर्वाहगर्दै निरन्तर काँग्रेस राजनीतिमा कृयासिल ब्यक्तिहरुको नाम माओवादीबाट प्रवेश गरेको भन्दै सुँचीमा राखिएपछि स्थानीयस्तरमा आक्रोश बढेको छ ।

२०७४ सालको आम निर्वाचनका क्रममा काँग्रेस प्रवेश गरेका तत्कालिन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पुर्व डडेल्धुरा जिल्ला इन्चार्ज जनक कलौनीलाई नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट एक हजार एक सय सात थान कृयासिल सदस्यता फारम प्राप्त भएको छ ।

तत्कालिन माओवादी केन्द्रका पोलिटव्युरो सदस्य जगत पार्कीसँगै झण्डै सातसय कार्यकर्तासहित काँग्रेस प्रवेश गरेका कलौनीले काँग्रेसका पुराना नेता कार्यकर्ताहरुको सुँची बनाएर आफुसँगै पार्टी प्रवेश गरेको भन्दै सदस्यता फारम भर्ने तयारी गरेका छन ।

‘पोलिटब्युरो सदस्य पार्की केहिमहिनामै अधिकांस कार्यकर्तासहित काँग्रेस परित्याग गरेर पुनः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा फर्किएका हुन् ।’ नेपाली काँग्रेसका पाका कार्यकर्ता बिरेन्द्र खडकाले भने, ‘पार्कीसँगै काँग्रेस प्रवेश गरेका अधिकांस कार्यकर्ताहरु घर फर्किएपछि कलौनीले पुराना काँग्रेस नेता कार्यकर्ताहरुको सुँची पेश गरेर उनीहरुलाई माओवादी प्रवेश ब्यक्ति भन्दै कृयासिल सदस्यता दिन थालेका छन् ।’

हाल नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रहेका कलौनीले माओवादीबाट प्रवेश गरेका ब्यक्ती भन्दै कृयासिल सदस्यताको सुँचीमा समावेश गरेका अधिकांस काँग्रेस कार्यकर्ताहरु सिधै काँग्रेसको कृयासिल सदस्यता पाउनु पर्नेमा माओवादीबाट प्रवेश गरेको ब्यक्ति भनेर सदस्यता प्रदान गर्ने तयारी हुनुबाट निकै आक्रोशित छन ।

अधिकांस कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत सो कार्यको भ्रत्सना गरेका छन । ‘परशुराम नगरपालिकाको १२ नम्बर वडामा माओवादीबाट काँग्रेसमा प्रवेश गरेका ब्यक्तिहरु कोहि पनि छैनन्,’ स्थानीय बासिन्दासमेत रहेका नेपाल विद्यार्थी संघ परशुराम नगर समितिका सभापति बिरेन्द्र थापाले भने,‘तर हाम्रो वडाबाट एकसय सात जना काँग्रेस कार्यकर्ताहरुलाई माओवादीबाट प्रवेश गरेको भन्दै कृयासिल सदस्यको सुँचीमा समावेश गरिएको छ ।’

आफनो नामसमेत माओवादीबाट प्रवेश गरेर काँग्रेसको सदस्यता पाउनेमा राखिएको बताउदै थापाले भने,‘डेढ दशकदेखि नेविसंघको राजनीतिमा निरन्तर सकृय त्रिवेणी बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण धामीदेखि तीन पुस्तादेखि काँग्रेसमा सकृय भित्रिमधेसमा काँग्रेसका संस्थापक स्व. लालबहादुर थापाका छोरा जनक थापाको नाम पनि माओवादीबाट प्रवेश गर्ने ब्यक्तिको सुँचीमा छ ।’

माओवादीबाट प्रवेश गरेको भनेपछि सहजै कृयासिल सदस्यता पाईने भन्दै कतिपयको नाम समावेश गरिएको र कतिपयलाई नाम समावेश गरिएको बारेमा जानकारीनै नभएको नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिका सदस्य सन्तोष देउवाले बताए । गृहजिल्लामा पकड बलियो बनाउन सभापति देउवाले आमन्त्रित सदस्य कलौनीमार्फत फर्जि सदस्यता दिलाउन खोजेको जिल्ल्लास्तरीय नेताहरुको आरोप छ ।

नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले माओवादीबाट प्रवेश गरेका आमन्त्रित सदस्य कलौनीले राप्रपाका नेता सुनिलकुमार थापाजस्तै पार्टी समायोजन सम्बन्धि ब्यबस्था अनुसार केन्द्रीय कार्यालयबाटै सदस्यता फराम प्राप्त गरेको सो सम्बन्धि सम्पुर्ण निर्णय केन्द्रीय समितिले गर्ने बताए ।

उनले पुराना काँग्रेस कार्यकर्ताहरुलाई माओवादीबाट प्रवेश गरेको भन्दै सदस्यता प्रदान गर्दा उनीहरुको आत्मस्वभिमानमा ठेस पुग्ने औल्याए । सातओटै स्थानीय तहका बिभिन्न वडाबाट यस बिषयमा गुनासो आईरहेको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।

पछिल्लो समयमा जिल्ला कार्यसमिति सभापति मल्ल र केन्द्रीय सभापति देउवाबीच मनमुटाव भएकाले जिल्ला कार्यसमितिमार्फत कृयासिल सदस्यता वितरणगर्दा आफ्नो पकड कमजोर बन्नसक्ने आशंकामा सभापति देउवाकै निर्देशनमा कलौनीले माओवादीबाट प्रवेश गरेको भन्दै जिल्ला कार्यसमितिले पारित गर्न नपाउने गरि समायोजनको कार्यविधी अनुसार सिधै केन्द्रीय समितिमा पेश गर्ने मनषायले सदस्यता फाराम भर्ने तयारी गरेको काँग्रेसका जिल्लास्तरीय नेताहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्