सोचेझैं जिन्दगी रै’नछ : पतिकै कुटाइले खेर गयो गर्भ



न्युज अफ नेपाल,हेटौंडा ।

स्वास्थ्यकर्मी भन्छन्–जब गर्भमा बच्चा रहन्छ, तब गर्भवती शारीरिक र मानसिकरुपमा स्वस्थ्य हुनुपर्छ । यसले गर्भको बच्चामा सोझो प्रभाव पार्छ । त्यसमा पनि यो अबस्थामा पतिको साथ र सहयोगले मुख्य भूमिका खेल्छ ।

गर्भवती आफूले मात्र चाहेर सबै कुराको ख्याल राख्न सक्दैनन् । त्यसका लागि सबभन्दा ठूलो सहयोगीका रुपमा पतिले भूमिका निर्वाह गर्नुपर्छ । पतिले त्यस्ता कुनै पनि काम गर्नु हँुदैन, जसले गर्भवतीमा चिन्ता थपिन्छ । तर, मकवानपुरमा भने फरक घटना भएको छ ।

पतिकै कारण एक महिलाले आफ्नो तीन महिनाको गर्भ तुहाउनुपरेको छ ।केही समयअघि घरेलु हिंसाबाट पीडित भन्दै जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएकी हेटौंडा–११, थानाभ¥याङकी अस्मिता (नाम परिवर्तन) लाई अर्को पीडा थपिएको छ ।

पतिको कुटाइबाट थलिएकी अस्मिताको तीन महिनाको गर्भ तुहिएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत् प्रहरी कार्यालय सहयोगी ओमबहादुर दर्जीकी पत्नी अस्मिताले पतिविरुद्ध सोमबार घरेलु हिंसासम्बन्धी कसुरमा निबेदन दर्ता गर्नुभएको थियो । दर्जीबाट घाइते हुनुभएकी अस्मिता केही दिनअघि अस्पताल भर्ना हुनुभएको थियो ।

गर्भावस्थामा महिलामा हुने समस्या, कमजोरी आदिलाई दर्जीले अनुभूति त के, ती दुई नजरले समेत हेरेनन् । गर्भवती केकस्ता चुनौतीसंग जुधिरहेकी छन् भन्ने मनन् गरेर त्यहीअनुसार सहयोगी व्यबहार गर्नुपर्नेमा उनले अस्मितालाई निरन्तर मानसिक र शारीरिक तनावमात्र दिइरहे ।

पत्नीको आत्मविश्वास बढाउने, खुसी राख्ने कुरामा पतिले भूमिका खेल्नुपर्नेमा उनले अस्मितालाई शरीरभर चोटमात्र दिइरहे ।अस्मिताकी आमा हेटौंडा—१८ की राधा (नाम परिवर्तन) का अनुसार ज्वार्इंले हातपात गर्न थालेपछि अस्मिताको शरीरमा थप पीडा भएको बताउनुभयो ।

त्यसै बेलादेखि, रगत र सेतो पानी बग्ने जस्ता समस्या देखिन थालेको उहाँले बताउनुभयो । अस्मिता हाल हेटौंडा–१८, हर्नामाडीस्थित माइत बस्दै आउनुभएको छ । उहाँको बुधबार गर्भ तुहिएको आमा राधाले जानकारी दिनुभयो ।

उहाँका दाजु विक्रमले ज्वाईंकै कुटपिटका कारण बच्चा खेरगएको भन्दै आक्रोश पोख्नुभयो । माया र साथ दिनुपर्ने ठाउ“मा ज्वाईंले बहिनीलाई घाइते हुने तरिकाले कुटपिट गरेको गुनासो गर्नुभयो । विक्रमले यसबारे बिहीबार मुद्धा दर्ता गरिने जानकारी भन्दै ज्वार्इंलाई हदैसम्मको कारबाही माग गरिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले घटनाबारे जाहेरी दिन परिवारलाई आग्रह गरिएको भन्दै प्रहरी नै पीडक भए पनि कानुनभन्दा माथि कोही नरहेको उल्लेख गर्नुभयो । यस घटना अनुसन्धान र प्रक्रियामा रहेको उहाँको कथन छ ।

हेटौंडा–११ को थानाभ¥याङ घर भएका ओमबहादुर दर्जी आठ वर्षदेखि प्रहरी सेवामा हुनुहुन्छ । उहाँ कार्यालयभित्र प्रहरीको कपडा सिलाउने काम गर्नुहुन्छ । उहाँको २०६९ सालमा अस्मितासंग प्रेमविवाह भएको थियो । उहाँहरुका ६ वर्षीय छोरा छन् भने कोखमा तीन महिनाको गर्भ थियो ।

एसएलसीसम्म गर्नुभएकी अस्मिता परिपक्व नहुँदै विवाह भएको थियो । प्रहरीमा काम गर्ने भनेपछि राम्रै होला भन्ने उहाँले सोच्नुभयो । तर, उहाँले सोचेभन्दा निकै फरक पाउनुभयो । सात वर्षदेखि उहाँ हिंसा सहिन बाध्य हुनुभयो ।

पतिले कमाएर ल्याउने र आफू गृहिणी भएर काम गर्ने उहाँहरु बीच विवाहअघि सल्लाह भएको थियो । तर, सोचेजस्तो भएन । घर व्यबहारको खर्च माग्ने क्रममा नै पीडितले पतिबाट दिनहु“जसो कुटपिट सहनुप¥यो । रक्सी दिनहु खाने ।

ड्युटीबाट फर्केपछि प्रहरी दर्जीको काम नै पत्नी कुट्ने हुने गथ्र्यो । कहिले ढुंगामुढा, कहिले टेबुल फ्यानले झटारो हान्ने त कहिले मोबाइलको झट्टीले हान्न थाले ।

प्रतिक्रिया दिनुहोस्