अमृता गाहा मगरलाई स्याङ्जा समाज जापानको आर्थिक सहयोग



भूपराज बस्याल,स्याङ्जा ।

घास कट्ने क्रममा रुखबाट लडेर घाइते गल्याङ नगरपालिका ११ तुल्सी भञ्ज्याङ्कि वर्ष ४० की अमृता गाहा मगर लाई स्याङ्जा समाज जापानले ९४ हजार ६ सय १३ रुपैयाँ सहयोग गरेको छ ।

२०७५ साल चैत महिनामा घास काट्ने क्रममा रुख वाट लडेर घाइते मगरको मरुदण्ड बाट तलको भाग पुर्णरुपमा नचल्ने भएपछि उहाँलाई अरुको सहारा आवश्यक परेको हो । विभिन्न ठाउँमा उपचार गराउदा समेत पहिलेको अवस्थामा फर्कन नसकेपछि मगर गल्याङ नगरपालिका ७ पेलाकोट चोकमा रहेको माइतीघरमा बस्दै आउनुभएको थियो ।

उहाँ हाल बसेको चोकमै पुगेर समाजको टोलिले सहयोग रकम हस्तान्तरण गरेको हो ।सहयोगको लागी वडाबाट पत्राचार गरिएपछि प्राप्त भएको रकम लिएर पत्रकार जनप्रतिनिधि एवम् समाजसेवी सहितको टोलि मंगलबार पीडितको घरमै पुगेर राहत हस्तान्तरण गरेको थियो ।

विभिन्न सिलसिलामा स्याङ्जा जिल्लाबाट जापान पुगेकाहरुको सस्था स्याङ्जा समाज जापानले स्याङ्जाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

वडा नम्बर ७ का वडा अध्यक्ष रामवीर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त हस्तान्तरण कार्यक्रम बोल्दै गुरुङले यस बिसयमा वडालाई खासै जानकारी नभएको भन्दै अब वडा वा नगरपालिकाले पनि सक्दो सहयोग गर्ने उपचारको लागि हदैसम्म प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

गाउँमा सहयोगको आवश्यकता सम्झेर बिदेशबाट सहयोग रकम पठाउने सहयोगी हातहरुलाई धन्यवाद दिदै गुरुङले यस्ता काममा सबैको सहयोग पुग्न सक्यो भने पक्कै पनि गाउँ ठाउँका धेरै समस्य समाधान हुने उहाँको तर्क थियो ।

सहयोग हस्तान्तरण कार्यक्रम आलमदेबी सामुदायिक परोपकार मंचका अध्यक्ष रेसमराज भट्टराईको सभापति र टिकाराम अधिकारीको संचालनमा सम्पन्न भएको थियो भने बिष्णु अधिकारी, लिला बल्लभब अर्यालले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्