पहिरो पीडितलाई साईनिङ्ग अस्पतालको सहयोग



बासुदेव शर्मा, जाजरकोट  ।

जाजरकोट बारेकोट गाउँपालिका ४ सार्कीटोलका पहिरो पीडितलाई साईनिङ्ग अस्पताल नेपालले सहयोग गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित कालागाउँमा रहेको साईनिङ्ग अस्पतालले पहिरो पिडित १२ परिवारलाई खाद्यन्न लगायत आवश्यक सामाग्री वितरण गरेको छ ।

गत असार २५ गते अविरल वर्षाका कारण दुई घर वगाउदाँ पाहुन आएका सहित १२ जनाको ज्यान गएको थियो । सयौ घर परिवार विस्थापित भएका थिए । पहिरोवाट विस्थापित बारेकोट ४ सार्कीटोलका १२ परिवारलाई साईनिङ्ग अस्पताल आईएनएफ नेपाल सुर्खेतले खाद्यन्न लगाएत विभिन्न सामाग्री सहयोग गरेको हो ।

पहिरो पिडित प्रति परिवारलाई सरसफाई २० लिटरको बाल्टी १ वटा जग, तौलिया, नङ्गकट ४ वटा डिटोल सावुन २ वटा लुुगाधुने सावुन २ वटा व्रस ४, तुथपेष्ट १ ऐना १ काङ्गियो ३ स्यानिटरी प्याड, हाईजिन किट सेट हस्तान्तरण गरेको छ ।

पीडित परिवारलाई २५ किलो चामल, १ लिटर तेल, १ पोका तेल, २ किलो दाल, २ सय ग्राम मसला दुई वण्डल ९ फिटका १६ वटा कर्कट पाता २० फिट प्लेन पाता वितरण गरेको सामाजिक पुर्नस्थापना कार्यकर्ता उदय हमालले वताउनु भयो ।

पहिरोबाट घरका सवै सदस्य गुमाएका किसान सार्की १० वर्षका एक मात्र छोरा वाच्नेका तुल बहादुर सार्कीले राहत सामाग्री पाएका छन् । कमल सार्की, लाल बहादुर नेपाली दान बहादुर नेपाली नैन बहादुर सिह दल बहादुर सिह सर्पे कामी, लालबीर कार्मी हंस बहादुर नेपाली बिष्णु नेपाली हंस बहादुर सिहले राहत सामाग्री पाएका थिए ।

राहत सामाग्री पाएका १२ मध्य किसन सार्की र तुल बहादुर सार्की परिवार लगाएत घरको सर्वस्व गुमाएका हुन भने १० परिवार पहिरोबाट विस्थापित भएर अहिले सम्म जंगलै त्रिपाल भित्र वसेका छन् ।

बारेकोट गाउँपलिका, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटको समन्वयमा साईनिङ्ग अस्पतालले पहिरो पिडितको घर सम्म सामाग्री पुरयाउन ढुवानी भाँडाको व्यवस्थापन गरेको सामुदायिक पुर्नस्थापना कार्यकर्ता ज्ञान बहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

बारेकोट गाउँपालिका ४ का वडा अध्यक्ष सृजना बस्नेत,सदस्य महिमा बोहरा नेपाल रेडक्रस जाजरकोटका सभापति हरि बहादुर वस्नेत साईनिङ्ग अस्पतालका उदय हमाल, ज्ञान बहादुर गुरुङ्ग लगाएतले पहिरो पिडित परिवारलाई राहत सामाग्री वितरण गर्नु भएको थियो ।

पहिरो प्रभावित क्षेत्रका नागरिकहरुलाई विभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन् भने विस्थापित अहिले सम्म त्रिपालमुनी बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्