चीनको कुनै राष्ट्रसँग शितयुद्ध शुरु गर्ने इच्छा छैन : राष्ट्रपति सी



न्युयोर्क सिटी,(एजेन्सी)

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई विश्वभरि कोरोना भाइरस फैलाएको आरोप लगाएपछि न्युयोर्क सिटीको संयुक्त राष्ट्र संघिय वार्षिक साधारण सभा सामु अमेरिका र चीनबिचकाे तनाव बढेको छ । ट्रम्पले महामारीका लागि चीनलाई जिम्मेवार ठह¥याइनु पर्ने बताएका छन् ।

आफ्नो भाषण दिने क्रममा चिनियाँ राष्ट्रपति सि जिन्पिंगले आफ्नो मुलुकको कुनै पनि मुलुकसंग शितयुद्धमा प्रवेश गर्ने कुनै इच्छा नरहेको स्पष्ट पारेका छन् । चीन र अमेरिकाबिच थुप्रै विषयमा तनाव चर्किरहेको छ ।

विश्वव्यापि कोभिड १९ महामारीको कारण यसपालिको वाािषर््क सभा भच्र्युली आयोजना भइरहेको छ । विश्वका अधिकांश नेताहरुले प्रि– रेकर्डेड भाषणहरु उपलब्ध गराइरहेका छन् । प्रत्येक मुलुकबाट एक जनाले मात्र प्तिनिधित्व गरिरहेका छन् ।

ट्रम्पले भने सभाका लागि उपलबध गराएको भाषणमा आफ्ना उपलब्धिहरु माथि प्रकाश पार्ने र प्तिद्वन्द्वी माथि प्रहार गरेका छन् । आगामी नोभेम्वरमा हुन गइरहेको अमेरिकी राष्ट्रपतिय चुनावमा प्रतिस्पर्धा गर्न लागेका ट्रम्पले आफ्नो भाषणमा भनेका छन्, ‘ भाइरस देखिएको शुरुका दिनहरुमा आन्तरिक आवत जावत बन्द ग¥यो ।

तर विश्वमा संक्रमण फैलाउन बाह्य उडान भने खुल्लै राख्यो । चीनले मैले चीनमाथि लगाइएको यात्रा प्रतिवनधको विरोध ग¥यो । जुनबेला तिनीहले आफ्नै आन्तरिक उडान रोकर नागरिकहरुलाई घर भित्रै बस्न लगाएको थियो ।’
विश्वमै सबैभन्दा बढि अमेकिरामा कोरोनाको कारण ज्यान गएको छ । त्यहाँ मृतक संक्रमितको संख्या २ लाख नाघिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्