पहिराेमा दुई ट्रक पुरिए



धादिङ ।

पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई ओटा सवारी साधन पुरिएको छ ।

सडकमाथीबाट आएको पहिरोमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र मुगलिनबाट काठमाडौं आउँदै गरेको एचआर ३३(९९०१ नम्बरको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।

गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गलौदीमा बिहान सडक माथीबाट आएको पहिरोले सडकमा गुडिरहेको सवारी साधन पुरिएको हो ।

अबिरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौ सवारी साधन रोकिएको छ ।

राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गजुरी गाउँ पालिकाको पहल भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्