इरान यसै बर्षको अन्त्यसम्ममा परमाणु हतियार बनाउन सक्षम हुने दावी



तेहरान/वासिंगटन(एजेन्सी)

अमेरिकाका एक वरिष्ठ अधिकारीले इरान यसै बर्षको अन्त्यसम्ममा परमाणु हतियार बनाउन सक्षम हुने दावी गरेका छन् । उनको यो दावीले मध्य पुर्वी एसिया तथा पश्चिमी मुलकमा हलचल मच्चिएको छ ।

अमेरिकाले तेहरान विरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लगाउन गइरहेको छ । अमेरिकाले सोमबार इरानसँग सम्बन्धित दुई दर्जन ब्यक्ती तथा संगठनहरुमाथि प्रतिबन्ध लगाउन सकिने बताइएको छ ।

तीन अमेरिकी अधिकारीका अनुसार इरानले अमेरिकी प्रतिबन्धका बावजुद आफ्नो परमाणु हतियार कार्यक्रम जारी राखेको छ । इरानसँग पर्याप्त मात्रामा रेडियोधर्मी पदार्थ रहेको र यसबाट इरानले यसैबर्षको अन्त्यसम्म परमाणु बम बनाउन सक्ने उनले बताए । इरानले उत्तर कोरियाको मद्दतले लामो दुरीको क्षेप्यास्त्र बनाइरहेको पनि उनले बताए । यद्यपी उनले आफनो यो दावीलाई पुष्टी गर्ने कुनै प्रमाण पेश गरेको छैन ।

अमेरिकाले प्रतिबन्ध लगाउने तयारी गरेका ब्यक्ती तथा संगठनहरुमाथि इरानको क्षेप्यास्त्र, परमाणु हतियार तथा अन्य परम्परागत हतियार कार्यक्रममा सक्रिय रहेको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको क्षेत्रिय प्रभाव कम गर्न चाहिरहेको बेला अमेरिका यो नयाँ प्रतिबन्ध लगाउने तयारीमा पुगेको हो । मध्य पूर्व तथा खाडीमा इरान विरोधी सक्ती एकजुट गर्ने क्रममा ट्रम्पले यूएई र बहराइनसँग इजरायलको सम्बन्ध स्थापित गर्नमा पनि सफलता हासिल गरेको छ ।

यूएई र बहराइनको इजरायलसँगको सम्बन्धले इरान विरुद्ध एक ठुलो मार्चा बनेको छ । ट्रम्पले यस मोर्चाबाट इजरायल समर्थक भोट राष्ट्रपति चुनावमा आफुलाई प्राप्त हुने अपेक्षा गरेको छ । अमेरिकी अधिकारीले भने, इरान र उत्तर कोरियाबीच फेरी सहयोग बढेको छ । यसमा क्षेप्यास्त्रका लागि आवश्यक पार्टपुर्जा पनि पर्छ ।

यसैबीच इरानको परमाणु एजेन्सी प्रमुख अली अकबर सालेहीले अमेरिकाद्वारा एकतर्फी अलग हुनुले इरान र विश्वका शक्ती राष्ट्रहरुसँग २०१५ मा गरिएको परमाणु सम्झौताले संकटको सामना गरिरहेको बताए । तर अहिले पनि यो बचाउन योग्य भएको उनले बताए ।

भियनामा आयोजित अन्तराष्ट्र्रिय परमाणु उर्जा एजेन्सी(आईएईए)को सम्मेलनमा प्रतिनिधिहरुलाई सम्बोधन गर्दै ट्रम्पद्वारा सन् २०१८ मा सम्झौताबाट अमेरिकालाई अलग गरेपछि कथित संयुक्त एकिकृत कार्ययोजना बन्द भएको सालेहीले बताए ।

उक्त सम्झौतामा इरानलाई परमाणु कार्यक्रम सिमित गरेको बदलामा आर्थिक प्रोत्साहन दिने प्रतिबद्धता गरिएको थियो । अमेरिका अलगिएपछि बाँकी सक्ती फ्रान्स, बेलायत, रुस, चीन र जर्मनी पुन लगाइएको अमेरिकी प्रतिबन्धबाट बचाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्