सुनचाँदीको मूल्य आज पनि घट्यो



काठमाडौं ।

आज पनि छापावाल सुन प्रति ताेलामा १२०० रुपैयाँ घटेको छ ।

मंगलबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ पुगेको हो ।

तेजावी सुन प्रति तोला ९३ हजार ८०० रुपैया पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज ४० रुपैयाँले घटेर तोलामा ११ सय ९० रुपैयाँ कारोबार भैरहेको छ ।

मंगलबार चाँदी तोलामा १२ सय ३० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्