दुलालद्वारा पहिरो पीडितलाई सहयोग



काठमाडौं, (नेस)
अखिल नेपाल टेबलटेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवं पूर्वखेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकका पहिरो पीडित ३५ घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन्।

उपाध्यक्ष दुलालले सोही स्थानमा नै पुगी पीडित परिवारलाई ३५ बोरा चामल, नुन, तेल, दाललगायत खाद्य सामग्री प्रदान गरेका हुन्।

यसका साथै उपाध्यक्ष दुलालले कोभिड–१९ का कारण दैनिक रोजगारी गुमाएका र हातमुख जोर्न समस्यामा परेका ५ घरपरिवारका २२ सदस्यलाई ५ बोरा चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री पनि वितरण गरेका छन्। खेल क्षेत्रको विकासका लागि दत्तचित्त रहने दुलाल खेल क्षेत्रभन्दा बाहिर रहेर समाजसेवामा पनि सक्रियरूपमा सहभागिता जनाउँदै आइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्