इटालियन रेफ्रीको हत्या



रोम, (एजेन्सी)
इटालियन फुटबल रेफ्री डानिएल डि सान्तिसको हत्या भएको छ।
उनको आफ्नै अपार्टमेन्टमा हत्या भएको बताइएको छ। ३३ वर्षे डानिएल डि सान्तिस र ३० वर्षे उनकी प्रेमीका इलेनोरा मन्त सोमबार साँझ इटालीस्थित लेसे शहरको आफ्नै अपार्टमेन्टमा मृत फेला परेका हुन्। दुवैलाई छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा भेटाइएको इटालीका सञ्चार माध्यमले जनाएका छन्।
चिकित्सकले उनीहरूको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताएका छन्। सान्तिस र उनको प्रेमिकाको हत्या गरी भाग्ने क्रममा छुरासहितको एकजना अग्लो मानिसलाई छिमेकीले देखेको सञ्चार माध्यमले जनाएका छन्।
डानियल इटालियन सिरी बी र सी खेलका रेफ्री थिए। सान्तिसले सिरी बी र सी का १ सय ३० वटा म्याच खेलाइसकेका छन्। उनले सिरी बी रेफ्रीको रूपमा २०१७ मा डेब्यू गरेका थिए।

प्रतिक्रिया दिनुहोस्