संगीतमा नेपाल प्यारो छ



गायिका दीपा तामाङको नेपाल प्यारो छ बोलको नयाँ गीत सार्वजनिक भएको छ। आमसी उर्वान राईको शब्द तथा संगीत रहेको यो गीतमा संगीत संयोजन साहस शाक्यको रहेको छ।

गीतमाथि म्युजिक भिडियो निर्माण गरिएको छ। म्युजिक भिडियोमा छायांकन तथा सम्पादन विनोद मगर को रहेको छ।

यो गीतको कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमसी राईले नै गरेकी छिन् भने गीतको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राईलगायतका कलाकारले अभिनय र नृत्य गरेका छन्।

प्रतिक्रिया दिनुहोस्