कोरोनाबाट भारतीय अभिनेत्री आशालताको निधन



मराठी र हिन्दी फिल्मकी अभिनेत्री तथा रंगकर्मी आशालता वबगावंकरको मंगलबार कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ।

८३ वर्षीया उनको भारतको सतारा जिल्लास्थित एक अस्पातलमा उपचारको क्रममा निधन भएको अमर उजालाको अनलाइन संस्करणमा जनाइएको छ। समाचारअनुसार आफ्नो नयाँ शो आई कालुबाईको सुटिङ गरिरहेकी आशालताको टिममा काम गरिरहेका २०÷२२ जना अन्य व्यक्तिमा कोरोना पोजेटिभ पाइएकाले होम क्वारेन्टाइनमा रहेकी आशालताको स्वास्थ्यमा खराबी आउन थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

पछिल्लो तीन दिनयता स्वास्थ्य अवस्था नाजुक हुन पुगेपछि उनको निधन भएको हो। केही बलिउड फिल्ममा पनि काम गरेकी उनले ठूलो पर्दामा आफ्नो सानदार अभिनयका कारण अमिट छाप छोडेकी छिन्। एक सयभन्दा बढी फिल्ममा अभिनय गरेकी उनको पहिलो बलिउड फिल्म जन्जिर थियो। जसमा उनले बलिउड बिग बी अमिताभ बच्चनको सौतेनी आमाको भूमिका निर्वाह गरेकी थिइन्।

उनले बलिउड नगरीमा फिल्म अपने पारायबाट पहिचान बनाएकी थिइन्। जुन फिल्मबाट उनले फिल्म फेयर अवार्ड चुमेकी थिइन्। उनले अंकुश, आपने पराय, आहिस्ता आहिस्ता, शौकिन, वो सात दिन, नमक हलाल, यादोँकी कसम जस्ता फिल्ममा अभिनय गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्