राष्ट्रपति विरोधि व्यापारीलाई १८ वर्ष कैद



बेइजिंग,(एजेन्सी)

चिनिया राष्ट्रपति सि जिन्पिंगलाई विदुषकको संज्ञा दिने तथा उनको कोरोना भाइरस महामारी नियन्त्रण गर्ने नीति नियम र शैलीको आलोचना गर्ने एकजना नामुद व्यापारीलाई मंगलवार भ्रष्टाचार , सरकारी कोषको हिनामिना र घुसखोरीको अभियोगमा अदालतले अठार वर्ष लामो कारावास संजाय तोकेको छ ।

कुनै समय सत्तारुढ कम्युनिस्ट पार्टीको भित्री दायरामा रहेका सदस्य मध्ये एक मानिने रेन झिक्वियाङ सिको कोभिड १९ प्रतिको प्रतिक्रियाको कडा आलोचना गर्दै निबन्ध लेखे यता सार्वजनिक रुपमा वेपत्ता भएका थिए । सरकारको स्वामित्वमा रहेको प्पर्टी डेभलपर हुआयुआन ग्रुपका पुर्व अध्यक्ष झिक्वियाङ आफ्नो खरो व्यक्तित्वका कारण ‘ ठूलो टोप ’ को उपनामले पनि चिनिन्छन् ।

उनलाई ७४ लाख डलर वरावरको सरकारी कोषको हिनामिना गरेको , तथा १२ लाख ५० युआन घुस खाएको अभियोगमा बेइजिंगको नम्वर २ इन्टरमिडियट पिपुल्स कोर्टबाट दोषि ठहर गरेको हो । सो अदालतले ६९ वर्षिय उनले सम्पूर्ण अभियोग स्विकार गर्दै यस निर्णय विरुद्ध अपिल नगर्ने बताएको जनाएको छ । उनलाई ६ लाख २० हजार अमेरिकी डलर जजरिवाना पनि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्