पब,बार र रेस्टुरेन्ट बेलुका दश बजेसम्म मात्र खुल्ने



लन्डन,(एजेन्सी)

कोरोना भाइरस फैलिन नदिन वेलायतका सम्पूर्ण पब , बार , रेस्टुरेन्ट र अन्य भेटघाट स्थलहरु आगामी राति १० बजे बन्दै गर्नुपर्ने नयाँ नियम लागु हुँदैछ । ति क्षेत्रहरुमा पनि टेबुल सर्भिस मात्र उपलब्ध हुनेछन् । मंगलवार देशको नाममा सम्बोधन गर्नु अघि वेलायतका प्रधानमन्त्री बोरिस जोह्नले कमन्समा नयाँ नीति नियमबारे जानकारी गराउनेछन् ।

वेलायतको कोभिड १९ सतर्कता स्तर ४ मा पुगेकाले अर्थात संक्रमणको दर अप्रत्यासित रुपमा वृद्धि हुन थालेकाले यो कदम उठाइएको हो । जोह्न्सनले जनता समक्ष सामाजिक दूरी निर्देशिका पालना गर्न , मास्क लगाउन तथा नियमित रुपमा हात धुन पनि जोड दिन सक्ने आशा गरिएको छ ।

साथै उनले आफ्ना कार्यालय तथा व्यापार व्यवशायहरुमा नकारात्मक प्रभाब नपर्ने खण्डमा घरबाटै आ–आफ्नो कार्य सम्पादन गर्न पनि सलाह दिने बुझिएको छ । सरकारका प्रमुख बैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्याल्लेन्सले यदि समयमै सचेत नभएको खण्डमा अक्टोवरको मध्य सम्ममा प्रत्येक दिन ५० जना नयाँ संक्रमित भेटिन सक्ने चेतावनी दिएका छन् ।

साथै उनले नोभेमवरको मध्य सम्ममा प्रति दिन मृतकको संख्या २ सय नाघ्न सक्ने पनि भविष्यवाणी गरेका छन् । वेलायतमा सोमवार थप ४ हजार ३ सय ६८ नयाँ संक्रमित फेला परेका थिए भने ११ जनाको ज्यान गएको थियो । मंगलवार नै स्कटल्यान्डमा थप बन्देजहरु घोषणा गरिने बताइएको छ । साथै ननर्दन आयरल्यान्डमा घरायसी जमघट लगायतका नियमहरुलाई अझै लम्ब्याइने छ ।

प्रतिक्रिया दिनुहोस्