डा.केसीलाई त्रिभुवन विमानस्थलबाटै अपहरण शैलीमा प्रहरीले ट्रमा सेन्टर पु-याए



नेपाल समाचारपत्र,काठमाडौ ।

चिकित्सा शिक्षा र जनस्वास्थ्यको हितका बिषयलाई लिएर पटक पटक आमरण अनसन बसी केही हद सम्म चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि सरकारलाई बाध्य बनाउँदै आउँनुभएका डा.गोविन्द केसी यतिबेला सरकारको आँखाको कँसिगर जस्तै बन्नुभएको छ ।

विगत ९ दिनदेखि जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको अवस्थामा सरकारले अपहरण शैलीमा उहाँलाई कर्णाली अस्पताल पुर्याएपछि उहाँको जीवन रक्षाका लागि आज मंगलबार बुद्धएयरको उडान मार्फत काठमाडौ ल्याईयो । उहाँ त्रिभुवन विमानस्थलमा झर्दा सरकारको निर्देशनको पालना गर्दै सुरक्षाकर्मीले पुनः अपहरण शैलीमा एम्बुलेन्सबाटै लछारपछार पार्दै भैमा झारे ।

त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्सबाटै डा.केसीलाई सरकारले अपहरण शैलीमा वीर अस्पतालको ट्रमा सेन्टर पुर्याएको छ ।
सोमबार उहाँलाई जुम्लाबाट नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो । उहाँले आमरण अनसन जारी राख्ने अडानका साथ बस्नुभएको र भेरी अस्पतालको आईसीयूमा उपचार गर्न मान्नुभएन ।

जुम्लाबाट उहाँले अनसन बसेको आठौ दिनमा विज्ञप्ती जारी गदै आफु कुनैपनि हालतमा माग पुरा नभएसम्म अनसन जारी राख्दै काठमाडौ आउँने बताउनुभएको थियो । जुम्लामा दुईबर्ष अघि सरकारले अस्पताल हाताभित्रै डा.केसीका समर्थकलाई प्रहरी परिचालन गरि अन्धाधुन्द रुपमा कुटपिट गरेको घटनालाई स्मरण गर्दै आफु अहिले पनि यहि बसिरहे यस्तै अवस्था हुन्छ भनेर काठमाडौ फर्कनलागेको उल्लेख गर्नुभएको थियो ।

उहाँ काठमाडौ फर्कने सुचना सँगै तैनाथ भएको प्रहरीले त्रिवि शिक्षण अस्पतालमा लगियो भने उहाँका धेरै समर्थकले साथ दिन्छन भन्ने डरले त्रिभुवन विमान स्थलको गेटबाटै एम्बुलेन्स भित्रबाट अपहरण शैलीमा लछारपछार गर्दै घिसारेर प्रहरीले ट्रमा सेन्टर लगेको उहाँका सहयोग प्रितम सुवेदीले बताउँनुभयो ।

डा.केसीले आज सम्म उपचार पनि लिनुभएन र अनसन पनि जारी राख्नुभयो । आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने अडान लिएपछि डा. केसीलाई मंगलबार बिहान ११ः २५ मा बुद्ध एयरको फ्लाइटबाट नेपालगंजबाट उडी १ जबे काठमाडौं आईपुग्नुभएको थियो । काठमाडौ आईपुगेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उहाँका सुभचिन्तक, सरहयोगीहरुद्धार रेखदेख हुने भएकाले त्यही अनशन जारी राख्ने कार्यक्रम तय भएको थियो ।

डाक्टर केसीलाई झुक्याउँदै त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।डा.केसीलाई त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्सले छल गरेर सिनामंंगलतर्फ लगेपछि डा.केसीले प्रतिवाद गर्नुभयो । उहाँको पिच्छा गर्दै आएको प्रहरीको भ्यानमा आएका प्रहरीहरुले ठूलै अपराधी फेला पारेझै गरि डा.केसी चढ्नुभएको एम्बुलेन्स घेरा हाली डा.केसीलाई बाहिर निस्कनुस भन्न थाले । डा.केसीले म किन झर्ने झर्दिन भन्दै सवाल जवाफ गर्नुभयो ।

उहाँलाई प्रहरीले एम्बुलेन्स भित्रैपसेर घिसारेको दृश्य देख्दा लाग्छ सायद यी देशका पहरेदारमा मानवीयता पनि छैनहोला ? नत्र नौ दिनदेखि आमरण अनसन बसेको ६० बर्षको एउटा बृद्ध चिकित्सक कुनै अपराध गरेर भागेको व्यक्ति होइन् । उ कहा जाने भन्ने गन्तब्य पनि स्पष्ट भएको अवस्थामा प्रहरी एम्बुलेन्सभित्रै पसेर हातमा लगाएको सलाइनसमेत तान्दै जबरजस्ती गर्नु कहासम्मको लोकतन्त्र ?
यतिगर्दा पनि डा.केसीले त्रिवि शिक्षण अस्पताल नै जाने अडान लिनुभएको थियो तर उहाँको केही लागेन ।

मेरो नागरिक अधिकार हनन गर्दै अपहरण भयो डा.केसी

डाकेसी भन्नुहुन्छ : मेरो नागरिक अधिकारको हनन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । जबसम्म मलाई टिचिङ अस्पताल लगिदैन तब सम्म म रगत, पिसाब, ब्लपेसर केही पनि जाच्न दिन्न । उहाँ भन्नुहुन्छः नेपालगंजबाट म काठमाडौ एयरपोर्टमा १ बजेतिर आईपुगे । त्यहाँपुगेपछि अगाडि टिचिङ अस्पतालको एम्बुलेन्स देखे मलाई लिन आएछ भन्ठाने ।

त्यतिनै बेला नेपाल मेडिकल एशोसियसनबाट एकजना डाक्टरले मैले एम्बुलेन्स पठाईसकेको छु एनएमएले पठाएको एम्बुलेन्समा आउँनुस है भनेका थिए । म त टिचिङमा त्यत्रो बर्ष काम गरेको ठाउँ त्यहिको एम्बुलेन्स पठाएछन भनेर चढेको थिए । एम्बुलेन्स गेटबाट बाहिर निस्कनासाथ सिनामंंगलतर्फ लाग्यो ।

ए किन यता टिचिङ नगएर भन्दा त ट्रमा सेन्टर जाने हो भन्यो । मैले म जान्न भनेर जबरजस्त गरेपछि टिचिङमा कोरोनाका बिरामी छन् भन्दै जबरजस्त प्रहरीले तानेर मलाई यता ल्याए । ट्रमा सेन्टरमा पनि त २ जना कोरोनाका बिरामी छन नि ? यो ओली र छिचिङ अस्पतालका डाईरेक्टर, डिनको निर्देशन होला त्यसैले यहाँ ल्याईयो ।

मेरो नागरिक अधिकार हनन भयो । यो अपहरण हो ओलीले गरेको अपहरण हो । मलाई ओलीले तानाशाही रुपमा गरेको अपहरण हो । म रगत, पिसाब, ब्लडप्रेसर केही नाप्न दिनेवाला छैन । कुनै हालतमा जाच्न दिन्न । जब सम्म मलाई टिचिङ अस्पताल लगिन्न तबसम्म केही गर्न दिन्न । डा.केसीले ट्रमा सेन्टरबाट मंगलबार ६ : १५ बजे स्वेच्छाले डिस्चार्ज लिदै गर्नुभएको उहाँका सुवेच्छुक सहयोगी प्रितम सुवेदीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्