प्रहरी विटलाई साईकल वितरण



अमृत अर्याल ,स्याङ्जा ।

जिल्लाको वालिङ मोडमा रहेको प्रहरी विटलाई एक थान साईकल हस्तान्तरण गरिएको छ । वालिङ ८ का समाजसेवी सिताराम अधिकारीले प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न सहज होस भन्दै एक थान साईकल हस्तान्तरण गर्नुभएको हो । समाजसेवी अधिकारीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरी प्रसाद पौडेल मार्फत वालिङ मोड प्रहरी विटका हवल्दार मधु केसीलाई सो साईकल हस्तान्तरण गर्नुभएको थियो ।

अत्यन्तै व्यस्त रहने वालिङ मोड लगायत बजार क्षेत्रको सुरक्षामा खटिने प्रहरीलाई छिटो छरितो सेवा प्रवाह गर्न सहजता प्रदान हुनेछ भन्ने उदेश्यले साईकल उपलव्ध गराएको समाजसेवी अधिकारीले बताउनुभयो । विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक काम गर्दै आउनुभएका समाजसेवी अधिकारीले बेला बेलामा आवश्यकता हेरेर विभिन्न सहयोग गर्दै आउनुभएको छ ।

प्रहरीलाई साधन श्रोत प्रयाप्त भयो भने नै हाम्रो सुरक्षा गर्न सजिलो हुनेछ समाजसेवी अधिकारीले भन्नुभयो,“बजार क्षेत्रको शान्ति सुरक्षाका लागि यो साईकलले महत्वपूर्ण भुमिका खेल्ने छ ।” साईकलको प्रयोगबाट केही हदसम्म भएपनि प्रहरीलाई सेवा प्रवाहमा सहजता मिल्ने विश्वास रहेको अधिकारीले बताउनुभयो ।

प्रहरीले पाएको साईकलले अब छिटो सेवा प्रवाह हुने विश्वास अधिकारी परिवारको छ । समाजसेवी अधिकारी सहित परिवारले प्रहरीलाई साईकल हस्तान्तरण गरेर सहयोग गरेको प्रति वडाप्रहरी कार्यालय आभारी रहेको प्रहरी निरिक्षक पौडेलले बताउनुभयो । सानातिना घट्नालाई न्युनिकरण गर्न यो साईकलले प्रहरीलाई ठुलो भुमिका खेल्ने विश्वास पौडेलको छ ।

प्रतिक्रिया दिनुहोस्