उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ३७ पुगेको छ ।

काठमाडौंमा १४ हजार ६ सय ६५, ललितपुरमा १६ सय ८३ र भक्तपुरमा १५ सय ८९ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्