बैंकमै भेटियो शंंकास्पद नोट



लिला सुनुवार, ओखलढुंगा ।

सनराईज बैंक शाखा कार्यलय ओखलढुंगामा गत आईतवार देखि लगातार रुपमा संकास्पद नोटहरु भेटिएको सनराईज बैंक शाखा कार्यलय ओखलढुंगाले जनाएको छ । संकास्पद नोटहरु क्रमस आईतावार दुई थान, सोमवार तिन थान र मंगलवार आठ थान रु पाँच सयको नोटमा नेपाल राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर नभएको नोट फेला परेको सनराईज बैंक शाखा कार्यलय ओखलढुंगाले जनाएको छ ।

स्थानिय ब्यपारीहरुले बैंकमा पैसा जम्मा गर्ने क्रममा लगातार रुपमा फेला परेका संकास्पद नोटहरु ग्लोबल आईएमई बैंक, एन आई सि बैंक र सिभिल बैंक बाट सिल भएर आएका बान्डिलहरुमा भेटिएको सनराईज बैंक शाखा कार्यलय ओखलढुंगाका शाखा प्रबन्धक ख्यामराज राना मगरले बताए ।

भेटिएका संकास्पद नोटहरुमा नेपाल राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर मात्रै नभएको र नेपाली रुपैयामा हुनु पर्ने सबै मापदण्डहरु रहेकाले ति नोटहरु नक्कलि नै हुन भनेर एकिन गर्न नसकिने शाखा प्रबन्धक राना मगरले बताए । संकास्पदरुपमा रहेका ति नोटहरु सक्कलि हुन या नक्कलि हुन भनेर पहिचान गर्नका लागी नेपाल राष्ट्र बैंकमा पठाउने र नेपाल राष्ट्र बैंकले पहिचान गरि सकेपछि मात्रै ति नोटहरु सक्कली हुन वा नक्कली हुन भन्ने कुराको यकिन हुने शाखा प्रबन्धक मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्