फरार प्रतिवादीविरुद्ध आक्रामक शैलिमा उत्रियो स्याङ्जा प्रहरी, एकै दिनमा ४८ जनासम्म पक्राउ



भूपराज बस्याल, स्याङ्जा ।

जिल्लाले नयाँ प्रहरी प्रमुख पाएसंगै यहाँ हुने अपराधिक क्रियाकलाप प्रति प्रहरी आक्रामक सैलिमा उत्रिएको छ ।

काठमाडौ प्रहरी परिसरमा टेकुमा बस्दा अब्बल प्रहरी अधिकृतको छवि बनाएका एवम् महानगरीय अपराध महाशाखामा समेत काम गरेको राम्रो अनुभव बटुलेका होबिन्द्र बोगटीलाईले स्याङ्जा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै यहाँका अपराधीक क्रियाकलापमा सक्रिय फरार अभियुक्तलाई पक्राउ गर्ने काममा तिब्रता आएको छ । अनुसन्धानमा राम्रो अनुभव बटुलेका बोगटी जिल्ला आए संगै एकै दिनमा ४८ जना सम्म फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।

तेईस बर्ष देखि कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका बिभिन्न मुद्धका फरार अभियुक्तहरु पक्राउ परेका छन् । यस्ता विभिन्न मुद्धका फरार अभियुक्तहरु एक महिनामा मात्रै ८३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई अदालतको समक्ष बुझाइएको पनि उहाँले जानकारी दिनुभयो ।

हाडनाता करणी मुद्धामा २ बर्ष कैद तोकिई बिगत २३ बर्ष देखी फरार रहेका हरिनास गाउँपालिका ५ बस्ने बर्ष ६४ को कर्ण बहादुर मह भन्ने कर्ण बहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा २ बर्ष कैद तोकिई बिगत १५ बर्ष देखी फरार रहेका चापाकोट नगरपालिका ४ बस्ने बर्ष ४५ को भक्त सुनारी मगर र डाँका चोरी मुद्धामा ६ बर्ष कैद तोकिई बिगत १० बर्ष देखी फरार रहेका हरिनास गाउँपालिका १ बस्ने बर्ष ६२ को लाल बहादुर नाम्जालीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका प्रतिवादी लाई स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको र तिनै जना कैद भुक्तानको लागि कारागार कार्यालय स्याङ्जामा थुनामा रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्