सोलुखुम्बुमा वडाध्यक्षको करेन्ट लागेर मृत्यु ।



लिला सुनुवार, ओखलढुंगा ।

सोलुखुम्बुको माप्यदुधकोशी गाँपालिका वडा नं. ५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर निधन भएको छ ।

तामाङको आज बिहान करिब ८ बजे सोलु च्याल्सा बिधुत कम्पनीले बितरण गरेको हाईड्रेशन लाईनमा फलामको रडले छुँदा उत्त घटना घटेको घटनाका प्रत्येक्ष दर्सि हिमाल एफ एम सोलुका स्टेशन म्यानेजर शिखर गजरकोटेले बताए ।

घटना घटे पश्चात तामाङलाई उपचारको लागी तत्काल जिल्ला अस्पताल फाप्लु पु¥याए पश्चात अस्पतालले तामाङलाई मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सोलुले जनाएको छ ।

तामाङ २०७४ सालमा तत्कालिन नेमपा ऐमाले बाट निर्बाचित वडाध्यक्ष हुन ।

प्रतिक्रिया दिनुहोस्