बजाजको ‘रोजेरै खुशी’ अफर



काठमाडौं, (नेस)
दशैं र तिहार चाडपर्वको उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘खुशी खोज्ने होइन रोज्ने’ भन्ने नारासहित ‘रोजेरै खुशी’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० हजारे नगद छुट अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको सुविधामध्ये कुनै एक अफर छनोट गरी लाभ लिन सक्नेछन् । योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो–‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । हामी ग्राहकको खुशीको कारण हुन पाएकोमा निकै प्रशन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुशी हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्