हुन्डाईको दशैं तिहार अफर



काठमाडौं, (नेस)
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारीक विक्रेताले यसपटकको दशैं तिहारमा वेलकम टु हुन्डाई परिवार योजना ल्याएको छ । यो योजना असोज ५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो ।
यस योजनाअन्तर्गत, ग्राहकले नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख रुपियाँसम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई अयुरा एक थान र हुन्डाई ग्रान्ड आईटेन एक थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकले एकवर्ष निःशुल्क बीमा पनि पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरूलाई सम्मान स्वरुप विशेष प्याकेज दिने निर्णय पनि गरेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी रहेका १३ शोेरुम तथा १७ सर्भिस सेन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । सबै हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ र एक वर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्