दशैंमा लक्ष्मीपूजा !



कोरोना संक्रमणको जोखिमका कारण ६ महिनाभन्दा लामो समयदेखि फिल्म निर्माण, वितरण र प्रदर्शनजस्ता सम्पूर्ण गतिविधिमाथि रोक लगाइएको छ। कारोना जोखिम न्यूनिकरणका लागि लगाइएको लकडाउनदेखि निषेधाज्ञाजस्ता कारण फिल्म निर्मँण हुन सकेका छैनन्। तर यस्तो निषेधका बीच केहीले भने फिल्म निर्माण कार्यसमेत गरेका छन्।

यसै क्रममा निर्माता निर्देशक शोभित बस्नेतको फिल्म निर्माण संस्था सलोन सलिना फिल्म्स्को व्यानरमा लक्ष्मीपूजा नामक फिल्मको निर्माण कार्य भईरहेको छ। कोरोना जोखिमकै कारण सिनेमा हल कहिल्यै खुल्ने टुंगो छैन। तर उपत्यकाका विभिन्न भागमा छायांकन भईरहेको यो फिल्म आगामी दशैंमा रिलिज गर्ने घोषणा गरिएको छ।

शोभित बस्नेतले निर्माण गरिरेहेका फिल्म समिर मियाँले निर्देशन गरिरहेको छन् भने जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहलगायतले यसमा अभिनय गरिरेहका छन्। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिने शोभितले जनाएका छन्।

उनका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिनेछिन्। पारिवारिक प्रेमकथाको फिल्ममा दशैं र तिहार परिवेश प्रस्तुत हुने बस्नेतले जानकारी गराए। फिल्ममा केदार भुषालको लेखन, दयाराम पाण्डेको गीत, विपिन आचार्यको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्