डा. केसीलाई काठमाडौं ल्याइयो, ‘जबरजस्ती’ स्थानान्तरण गरियो भन्दै आपत्ति



काठमाडौं, (नेस)
स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले गरेको प्रतिबद्धता पूरा गरोस् भन्ने मागका साथ १९औं शृंखलाको आमरण अनशनमा रहेका नागरिक अभियन्ता डा. गोविन्द केसीलाई प्रशासनले काठमाडौं ल्याएको छ । डा. केसीले ‘जबरजस्ती’ अस्पतालमा स्थानान्तरण गरियो भन्दै आपत्ति जनाउनुभएको छ ।

अनशनस्थल जुम्लाबाट डा. केसीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘सत्याग्रहको आठौं दिन हाम्रा मागहरू पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गर्नुको साटो मेरो इच्छाविरुद्ध मलाई ठाउँ सारिएको छ, यसको म निन्दा गर्दछु ।’

उहाँले आफूलाई रातारात अपहरण शैलीमा सत्याग्रह स्थलबाट जबरजस्ती अस्पतालमा सारिएको, दुई वर्षअघि सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले बल प्रयोग गरेको थियो, त्यही शैली दोहो¥याएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

‘पहिला जसरी आतंक फैलाउँदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन्, त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं ।’

यसबीच जुम्लामा सत्याग्रहमा साथदिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद प्रकट गर्दै डा. केसीले आफूले राखेका सबै मागहरू पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने जानकारी पनि गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्