एक दिनको फरकमा २ दाजुभाईको निधन



यमलाल भुसाल,बुटवल ।

कस्तो विडम्बना एक दिनको फरकमा एकै परिवारका २ दाजुभाईको निधन भएको सुन्दा जोकोहीलाई पनि पीडा हुने गर्दछ । यस्तै घटना भएको बुटवलको एक शिक्षित परिवारमा । यस्तो घटनाले त्यो परिवारमा कस्तो पीडा भएको होला । असौज २ देखि बुटवलबाट बेपत्ता भएका अहेव बिष्णुप्रसाद नेपाल सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

आईतवार यसक्षेत्रकै शैक्षिक व्यक्तित्व विष्णु नेपालका दाजु छवि नेपालको पनि निधन भएको छ ।बेपत्ता नेपाल सोमबार बिहान तिलोत्तमा नगरपालिका १६ बिहुलीमा कुलोको किनारमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी नायब उपरिक्षक प्रतीतसिंह राठौरले बताउनु भयो ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरका ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेवको रुपमा कार्यरत रहदै आउनु भएको थियो ।गत बिहीबार राति बुटवल–६, स्थित एक होटलबाट घर जाने क्रममा सडक नजिकैको नहरमा खसेका उहाँको मोटरसाइकल सोही नहरमा आधा डुबेको अवस्थामा फेला परेको थियो ।

स्थानीयले मृत पुरुषको शव फेला पारेपछि आफूहरुलाई जानकारी दिएको र उक्त शव विष्णु नेपालकै भएको भएको प्रहरी नायब उपरिक्षक राठौरले बताउनु भयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्