काठमाडौँ आउँदै डा.केसी, अनसनलाई निरन्तरता दिने



न्युज अफ नेपाल, काठमाडौँ ।

१९ औं सत्याग्रह सुरु गरेका डा. गोविन्द केसी काठमाडौंमा आउने भएका छन् । यस अघिको जस्तै जुम्लामा हिंसा वा तोडफोड हुन सक्ने भएपछि डा. केसी काठमाडौं आउने भएका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै डा. केसीले यस अघि सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गरेका कारण आफू काठमाडौँ आएरै सत्याग्रहलाई निरन्तरता दिने बताएका छन् ।

‘दुई वर्षअगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्‍यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहीँबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौँ,’ डा. केसीको विज्ञप्तिमा भनिएको छ ।

डा. केसी स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९औं सत्याग्रहमा बसेको आज आठौँ दिन पुगिसक्दा समेत सरकारले भने कनै चासो देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्