आज ६७४ जना थपिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार २९० पुग्यो



न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेको छ ।

योसँगै काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्