बालीका बलात्कारका आरोपी नेपाली सेनाविरुद्ध उजुरी दर्ता भएन



कालीबहादुर मल्ल, कालिकोट ।

१६ वर्षीया बालीका बलात्कार गरेको आरोपमा तिलागुफा नपा–११ ढिम्नीया निवासी नेपाली सेनामा कार्यरत सिपाही २२ वर्षीय वीरेन्द्र शाहीविरूद्ध दिएको उजुरी एक हप्ता पुग्दा पनि दर्ता भएको छैन् ।

नेपाली सेना शाहीविरुद्धा जिल्ला प्रहरी कार्यालय कालिकोटमा भदौ ३१ गते उजुरी दिएपनि हालसम्म दर्ता नभएको पीडित बालिकाले गुनासो गर्नु भएको छ ।

पीडित बालीकालाई कालिकोटस्थित रणसुर गुल्ममा कार्यारत आरोपित शाहीले भदौ १३ गते बलात्कार गरेको आरोपमा भदौ ३१ गते प्रहरीमा जवजस्ती करणी शिर्षकमा उजुरी दिएकी हुन ।

पीडित बालिकाले आरेपितविरूद्ध बलात्कारको शीर्षकमा उजुरी दिएको भएपनि नेपाली सेना रणसुर गल्मलाई पत्र लेखी पठाइएको हुनाले प्रक्रियामा ढिलाइ भएकाले उजुरी दर्ता नभएको हुन नसकेको कालिकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।

नगर्न धम्क्याएको भन्दै सहयोगका लागि पीडित बालिकाले ज्यान सुरक्षको् लागि मानअधिकार सहायता कक्ष कर्णाली प्रदेशको सचिवालय इन्सेकमा निवेदन दिएकी छन् ।

पीडित बालिकाले अवश्यक कानुनी प्रक्रिया तथा आर्थिक सहायतका लागि मानव अधिकार सहायता कक्षको सचिवालमा निवेदन दिएकी हुन् ।

घटनाका वारेमा नेपाली सेना रणसुर गुल्म मान्म कालिकोटका प्रमुख मेजर सागर थापाले आरोपित शाहीका सम्वन्धमा जिलला प्रहरी कार्यालयबाट पत्र आएको र माथिल्लो माथिल्लो निकायमा लेखि पठाउदा कुनै आदेश नआएका कारण प्रहरीमा उपस्थित गराउन नससिएको वताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २ गते गरिएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख भिष्म पाख्रेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्