ड्रग्स प्रकरणमा सारा र रकुलसहित बाहिरियो श्रद्धाको नाम, सोधपुछको तयारीमा एनसीबी



एजेन्सी ।

अभिनेता सुशान्तसिंह राजपुतको मृत्युपछि खुलेको बलिउड ड्रग्स प्रकरणमा अभिनेत्री श्रद्धा कपुरको नाम बाहिरीएकोे छ । सुशान्त मृत्यु प्रकरण हुँदै ड्रग्स समेतको खुलासा हुँदा पक्राउ परेकी अभियुक्त रिया चक्रवर्तीले श्रद्धा कपुरको नाम खुलाएकी छन् ।

यसअघि रियाले अभिनेत्री सारा अली खान, रकुल प्रीत सिंहसहित २५ बलिउड कलाकारको नाम लिएकी थिइन् । यी कलकारसहित सुशान्त ड्रग्स पार्टीमा सहभागी हुने गरेको रियाले वयान दिएकी छन् ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सारा, श्रद्धा र रकुललाई सोधपुछका लागि नोटिस पठाउने तयारी गरेको चारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्