‘भू-सेवा केन्द्र’ मार्फत सेवा दिँदै पुतलीबजार नगरपालिका



भूूपराज बस्याल, स्याङ्जा

पुतलीबजार नगरपालिकाको कार्यालयले नगरपालिका भित्रका आफ्ना सेवाग्राहीहरुलाई भू–सेवा केन्द्र मार्फत सेवा दिदै आएको छ । मालपोत सेवालाई चुस्त र दुरुस्त तरिकाले सेवा दिने बताउदै मालपोत कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरि सेवा दिदै आएको हो ।

मालपोतको सेवा लिदा पुतलीबजार नगरबासीहरुले धेरै दुःख पाएकोले सेवा चुस्त र दुरुस्त बनाउन मालपोत कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरिएको पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताउनुुभयो । उहाँले मालपोत कार्यालयमा पालीकाकै कर्मचारीबाट सेवा दिदा सेवाग्राहीहरु सन्तुष्ट रहेको बताउनुुभयो ।

मालपोत कार्यालयमा कामगर्न जाँदा लेखपढी गर्नेहरुले आफ्ना सेवाग्राहीहरुलाई अनावश्यक दुःख दिएकोले मालपोत कार्यालयमा आफ्नै कर्मचारी मार्फत सेवा उपलब्ध गराएको नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । पुतलीबजार नगरपालिकाले भू–सेवा केन्द्रमा सुब्बा पार्वती पराजुली मार्फत सेवा दिदै आएको छ ।

पुतलीबजार नगरपालीकाको सहकार्यमा मालपोतमा भू–सेवा केन्द्र स्थापना गरि सेवा प्रदान गरिएको मालपोत कार्यालयका अधिकृत प्रकाश पौडेलले जानकारी दिनुुभयो । मालपोत अधिकृत पौडेलले मालपोतमा आवश्यक पर्ने संरचना पुतलीबजार नगरपालिकाले स्थापना गरिदिए पश्चात भू–सेवा केन्द्र राख्न सजिलो भएको बताउनुुभयो ।

मालपोत कार्यालय स्याङजाल हाल पुतलीबजार नगरपालिका, भिरकोट नगरपालिका, आधिखोला गाउपालिका, अर्जुनचौपारी गाउपालिका, फेदीखोला गाउपालिका, हरिनास गाउपालिका र विरुवा गाउपालिकाको काम गर्दै आएको छ । मालपोत कार्यालयबाट एक दिनमा करिब ५०÷६० जनाले सेवा लिदै आएको मालपोत कार्यालयले जानाएको छ ।

भू–सेवा केन्द्र मार्फत काम गर्दा सेवाग्राहीहरुलाई सजिलो हुने मालपोतका सेवाग्राही पुतलीबजार नगरपालिका–११, उनियाचौरका खडानन्द लामिछानेले आफ्नो अनुभव बताउनुुभयो । सेवाग्राही लामिछानेले लेखन्दास मार्फत काम गर्दा धेरै रकम तिर्नुपर्ने बताउदै पालिकाले स्थापना गरेको भू–सेवा केन्द्रबाट काम गर्दा पालिकाले तोकेको भन्दा बढी रकम तिर्नु नपर्ने बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस्