बझाङमा जेसीबी दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते



ललित सिंह, चैनपुर बझाङ ।

बझाङको बुंगल नगरपालिकाको वडानं १ दहबगरमा जेसीवी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन ।

आइतबार राति १२ स् ३० बजे भएको जेसीबी दुर्घटनामा परि बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षिय मानबहादुर बोहराको मृत्यु भएको हो । मृतक बोहरा महेन्द्र मा‍वि दहबगरको प्राथमिक तहका स्थायी शिक्षक हुन । त्यस्तै बुंगल नगरपालिका ९ देउलीकोटका जेसीवी चालक २४ वर्षिय महेश खडायत, बुंगल नगरपालिका १ दहबगर बस्ने २७ वर्षिय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षिय प्रताप धामी घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

जेसीवी कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको बुझिएको छ । नगरपालिकाको वडा १ दहबगर किर्केट मैदान नजिक सडकमा फसेको जिप निकाल्न गएको र फसेको जिप निकालेर ऐसेली बगर क्याम्पमा फिर्ता हुने क्रममा राती करिब २:३० बजे लु १ क १२७८ नम्बर्को जेसिबी सडक बाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहराले बताए ।

घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरिक्षक मदनसिंह धामी टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्