‘फिन्सेन फाइल्स’ सार्वजनिक हुँदा विश्वको बैंक क्षेत्रमा हलचल



लन्डन,(एजेन्सी)

वेलायतको चर्चित बैंक एचएसबिसिले ठगहरुलाई लाखौं अमेरिकी डलर स्थानान्तरण गर्ने अनुमति दिएको हालै पदाफास भएका गोप्य फाइलहरुले देखाएका छन् । यस बैंकलाई तिनीहरुको नियत र वास्तविकताको जानकारी भएपनि नजर अन्दाज गरेको आरोप लागेको छ ।

वेलायतकै सबैभन्दा ठूलो यस बैंकले अमेरिका स्थित आफ्नो व्यवशाय मार्फत सन् २०१३ र २०१४ मा हंगकंग स्थित एचएसबिसिको खाताहरुमा रकम सारेको थियो ।

बैंकको ८ करोड अमेरिकी डलर घोटालाको विस्तृत विवरण चुहावट भएका गोप्य बैंक फाइलहरुमा उल्लेखित छन् । बैंकको शंकास्पद गतिविधिको यस प्रतिवेदनलाई ‘ फिन्सेन फाइल्स ’ नाम दिइएको छ ।

एचबिएससिले यस्ता गतिविधिको रिपोर्टिंगमा आफुले संधै कानुनी प्रावधान पु¥याएको जनाएको छ । यस बैंकलाई संयुक्त राज्य अमेरिकामा मुद«ा अपचलन गरेको आरोपमा १ अर्व ९० करोड डलर जरिवाना गरिएको केहि समयपछि नै पोन्जी नामक योजनामा लगानी काण्ड भएको ति फाइलहरुले उजागर गरेका छन् ।

जरिवाना तिर्नेबेलामा नै बैंकले यस्त अवैध गतिविधिहरु माथि कडा नियनत्रण लगाउने प्रतिवद्धता जनाएको थियो । मुर्ख लगानीकर्ताहरुका वकिलहरुले बैंकले जालसाजीहरुका खाता बन्द गराउन बैंकले तत्काल कदम चलाउनु पर्ने बताएका छन् ।

दस्तावेजहरुके श्रंखलावद्ध पर्दाफास हुने क्रममा अमेरिकाकै एउटा निकै ठूलो र प्रतिष्ठित बैकले कुख्यात अपराधि गिरोहलाई १ अर्व डलर भन्दा रकम चलाउन मद्धत गरेको आशंका सार्वजनिक भएको छ ।

सुचना चुहिएको कारण सार्वजनिक भएक २ हजार ६ सय ५७ वटा दस्तावेजलाई फिन्सेन फाइल्स भनिएको छ । ति मध्ये २ हजार १ सय वटा आथिक गतिविधि शंकास्पद मानिएको छ ।

यस्ता शंकास्पद प्रतिवेदनलाई सार्स भनिएको छ । तर सार्स कुन ैगलत कार्यका प्रमाण भने होइनन् र्। आफ्नो ग्राहकहरु माथि कुनै शंका रहेका खण्डमा छानविन गर्नका लागि बैंकहरुले सार्सलाई सम्बनिधत निकायहरुमा पठाउने गर्छन् ।

यहि चुहिएका दस्स्तावेजहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एकजना घनिष्ठ मित्रले नाकावन्दिलाई छकाउन लन्डन स्थ्ति बार्कलेज बैंक माफर्त मुद«ा अपचलन गरेको हुनुपर्ने आशंका उब्जिएको छ ।

बाल्यकाल देखि नै रसियाको राष्ट्रपतिको उपनामले चिनिएक अर्वपति एर्कादी रोटेनवर्गमाथि सन् २०१४ मा अमेरिका र युरोपेली संघ ( इयु) ले आर्थिक नाकावन्दि लगाएका थिए ।

जसको अर्थ उनीसंग आर्थिक कारोवार गर्ने पश्चिमी बैंकहरु संजायका भागिदार हुन सक्थे । तर बार्कलेजले आफुले सम्पूर्ण कानुन र बैकको नियमहरु पालना गरेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्