क्वान्तास एयरलायन्सले अनौठो उडान भर्ने



सिडनी,(एजेन्सी)
अष्टे«लियाली एयर क्यारियर क्वान्तासले रमणिय दृश्यावलोकनका लागि सात घन्टा लामो उडान चलाउने घोषणा गरेको छ । कोरोना भाइरस महामारीका कारण अन्तर राज्य उडान माथि प्रतिबन्ध लगाइएकाले पनि सो विमान जुन विमानस्थलबाट उडेको हो अन्त्यमा त्यहिं अवतरण गरिने बताइएको छ । यस विषेश उडानका समपूर्ण टिकट दस मिनेट भित्र बिक्रि भएको छ ।
आगामी १० अक्टोवरमा सिडनी शहरबाट उड्ने यो विमान सोहि दिन त्यहिं फर्किने छ । सो विमानबाट समणिय प्राकृतिक दृश्य देखाउनका लागि उलुरु र ग्रेट ब्यारियर रिफमाथि कम उचाई मा उडान भनिे भएको छ । क्वान्तासका महिला प्रवक्ताले ५ सय ७५ र २ हजार ७ सय ६५ डलरका उपलब्ध १ सय ३४ वटा सिटको टिकट तुरुन्त ैबिक्रि भएको रोयटर्सलाई बताएकीछन् । यात्रुहरुलाई सामान्यतया अनतर्राष्ट्रिय उडानमा मात्र प्रयोग हुने वाइड बडि बोइंग ७८७ बाट सो हवाई सेवा दिइने छ ।
गत महिना क्वान्तासका प्रमुख कार्यकारिणी अधिकारी एलन जोयसले कोभिड १९ महामारीकै कारण कूल २० प्रतिशत रोजगार कटौति गरिएको जानकारी दिएका थिए । कोरोनाकै कारण विशवका अधिकांश एयरलायन्सले ठूलो आर्थिक घाटा ब्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्