पृथ्वीको परिधि वरावर हिंड्ने ८८ वर्षीय वृद्ध



न्युयोर्क,(एजेन्सी)

अमेरिकाको मास्साचुसेट्सका एकजना ८८ वर्षीय पुरुषले जीवनकालमा २४ हजार ९ सय माइल दूरी हिंडेरै तय गरिसकेका छन् । उनले आगामी ३ अक्टोवरमा अन्तिम माइल हिंडेर आफ्नो हिंडाईको कूल दूरी पृथ्वीको परिधि वरावर पु¥याउने योेजना बनाएका छन् ।

मात्तापोइसेट निवासी ब्राड हाथवेले आफ्ना डाक्टरले आफुलाई पचास दशकको मध्यतिर मधुमेह , मुटु र स्वास्थ सम्बन्धी अन्य समस्याका कारण हिंड्न प्रेरित गरेको बताएका छन् ।

उनी भन्छन्-‘डाक्टरले मलाई दिनको ३ माइल हिंड्न सल्लाह दिएका थिए । उनको सल्लाह अनुसरण गर्दा मैले शहरका कुनाकुना पुग्ने अवसर पाएको छुं । चर्को घाम लागोस् वा पानी परोस् म एक दिन पनि आफ्नो काम छुटाउँदिन थिएं ।’

कहिलेकाहिं त म १० माइल सम्म पनि हिंड्थें । तर उमेर चढ्दै गएपछि हिंड्न पनि अलि कठिन हुन थाल्यो । त्यसपछि म लठीको सहाराले हिंड्न थलें । अहिले मलाई वाकरले हिंड्न मद्धत गरिरहेको छ ।

उनले अर्को रमाइलो कुरा सुनाउँछन्-‘यसरी हिंड्ने क्रममा बाटोमा भेटिने सामानहरुबाट मैले ७ हजार डलर जम्मा गरेको छुं । बाटोमा थुप्रै नयाँ साथीहर पनि बनाएको छुं । मैले शुरु देखि नै आफ्नो हिंडाईको दूरीको हिसाब किताब राख्दै आएको थिएं । मात्तापोइसेट ल्यान्ड ट्रस्टका लागि अर्थ संकलन गर्न मैले यो बाँकी एक माइल हिंड्न लागेको हुं ।’

प्रतिक्रिया दिनुहोस्