बुन्डेसलिगामा डर्टमुन्डको जितबाट शुरुआत



म्युनिख, (एजेन्सी)
जर्मन बुन्डेसलिगाअन्तर्गत यस सिजनका लागि बोरुसिया डर्टमुन्डले जितबाट शुरुआत गरेको छ। शनिबार राति भएको खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाचमाथि ३–० को जित हात पारेको हो। टोलीको जितमा अर्लिङ हालान्डले दुई गोल गरे भने जियोभानी रेनाले एक गोल गरेका थिए।
खेलको ३४औं मिनेटमा डर्टमुन्डका लागि रेनाले पहिलो गोल गरेका थिए। उनले जुडे बेलिंगमको पासमा गोल गर्न सफल भएका थिए। पहिलो हाफ १–० ले समाप्त भएको उक्त खेलको दोस्रो हाफमा हालान्डले दुई गोल गरे। उनले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
रेनालाई पेनाल्टी क्षेत्रमा रेमी बेन्सेबैनीले फाउल गरेपछि रेफ्रीले डर्टमुन्डका लागि पेनाल्टी किक हान्न दिएका थिए। जसमा हालान्डले गोल गर्न सफल भएका थिए। उनले ७७औं मिनेटमा अर्का युवा खेलाडी जाडोन सान्चोको पासमा गोल थपेका थिए।
अन्य खेलमा हर्था बर्लिनले वेर्डर ब्रेमेनलाई ४–१ ले हराएको छ। त्यस्तै, असबर्गले युनियन बर्लिनलाई ३–१ ले हराउँदा हफेनहेमले कोल्नलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो। त्यसैगरी, पे्रmइबर्गले स्टुटगार्टलाई ३–२ ले हरायो।

प्रतिक्रिया दिनुहोस्