चेन्नईसँग मुम्बई ५ विकेटले पराजित



अबुधाबी, (एजेन्सी)

चेन्नई सुपरकिंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १३आंैं संस्करणको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ।

यूएईको अबुधाबीमा भएको खेलमा टस हारेर मुम्बई इन्डियन्सले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो। त्यसको जवाफमा चेन्नई सुपर ंिकंग्सले ५ विकेट गुमाएर ४ बल बाँकी राखी जित हात पारेको छ। चेन्नईले आईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई दोस्रोपटक हराएको हो।

१ सय ६३ लक्ष्य पछ्याएको चेन्नईको ब्याटिङ शुरुआत निकै खराब भएको थियो। टोलीले शुरूको २ ओभरमै दुई विकेट गुमाउन पुग्यो। टोलीको ब्याटिङ अम्बाती रायडु र फाफडु प्लेसिसले सम्हालेका थिए। उनीहरूले तेस्रो विकेटका लागि १ सय १५ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए। खेलमा रायडुले ७१ रन र डु प्लेसिसले ५८ रन मात्र जोडे। मुम्बईको बलरमा टे«न्ट बोल्ट, जेम्स पेटिन्सन, जसप्रीत बुमराह, क्रुणाल पाण्डे र राहुल चाहरले १÷१ विकेट लिएका थिए।

चेन्नई र मुम्बईले चौथोपटक आईपीएलको उद्घाटन खेल खेलेका हुन्। यसमा दुवै टोलीले २–२ खेल जितेका छन्। यी दुई टोलीबीच पछिल्लोपटक उद्घाटन खेलमा २०१८ को आईपीएलमा भिडन्त भएको थियो। त्यसबेला पनि चेन्नईले मुम्बईमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो। मुम्बईले हालसम्म सबैभन्दा बढी ७ पटक उद्घाटन खेल खेलेको छ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले कप्तानको रूपमा आईपीएलमा सबैभन्दा बढी १ सय ५ खेल जितेका छन्। जसमा १ सय खेल चेन्नई सुपर किंग्सको लागि उनले जिते। ५ खेल राइजिङ पुणे सुपरजायटं्सका लागि जितेका छन्। दोस्रो नम्बरमा गौतम गम्भीरको नाम आउँछ। उनले दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सको कप्तानी गर्दै १ सय २९ खेलमा ७१ खेल जितेका छन् ।

मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन जोडे। यस्तै, क्विन्टन डिकाकले ३३ रनको योगदान दिएका थिए। अन्यमा किरोन पोलार्डले १८ रन र सूर्यकुमार यादवले १७ रनको इनिङ खेलेका थिए। चेन्नईका बलरमा लुंगी एन्गिडीले सर्वाधिक ३ विकेट हासिल गरेका छन्। उनले जेम्स पेटिसन, पोलार्ड र क्रुणाललाई आउट गरेका थिए। क्रुणाल ३ रनमै पवेलियन फर्केका थिए।

यसैगरी, चेन्नईका अन्य बलरमा रवीन्द्र जडेजा र दीपक चाहरले २÷२ विकेट लिएका थिए। जडेजाले सौरभ तिवारीको महत्वपूर्ण विकेट हात पारे। उनले हार्दिक पाण्डेलाई पनि पवेलियनको बाटो देखाएका थिए। हार्दिकले १७ रन मात्रै जोड्न सके। दुवैलाई फाफ डु प्लेसिसले बाउन्ड्रीमा सानदार क्याच लिएर आउट गराएका थिए।

प्रतिक्रिया दिनुहोस्