कर्णालीमा छोरी खाता कार्यक्रम



मुगु (नेस)

कर्णाली प्रदेश सरकारले छोरी खाता कार्यक्रम सञ्चालन गरेपछि प्रदेशका छोरीहरू केही वर्षमै ठूला ठूला कम्पनीका शेयर सदस्य भई लगानी गर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनु भएको छ । कर्णाली करिडोरको अनुगमन गर्न पुग्नुभएका मुख्यमन्त्री शाहीले छोरी खाता कार्यक्रमलाई प्रमुख प्राथमिकता दिएको बताउनुभएको हो ।

मुगुकोे तारापानी बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्णालीमा छोरी जन्मिएको एक वर्षभित्र बाबुआमाले ५ सयको खाता खोले सो खातामा कर्णाली प्रदेश सरकारले वार्षिक ५ सय जम्मा गरी २० वर्षमा २ लाख रकम जम्मा हुने उक्त रकमबाट कर्णालीका छोरीले कर्णालीको मेगा प्रोजेक्टको लागि शेयर सदस्य बनेर लगानी गरी आप्mनो र देशको लागि समृद्धि पु¥याउने पनि मुख्यमन्त्री शाहीले बताउनुभयो ।

कर्णाली करिडोरको अनुगमन गर्न कालिकोट जुम्ला हुँदै हुम्ला कार्यक्रम छ । टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित स्वास्थ्यमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावललगायतका जनप्रतिनिधि र स्थानीय अधिकारीहरू रहेका छन् । कर्णालीमा आर्थिक वर्ष २०७५÷७६ देखि छोरी बचत कार्यक्रम सञ्चालन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्