पहिलो भेटमै आयो संगीतमा



ख्यातिप्राप्त संगीतकार शम्भुजित बासकोटाको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द रचना र गायिका सरिता भारतीको स्वरमा नयाँ गीति एल्बम पहिलो भेटमै सार्वजनिक गरिएको छ।

एल्बममा जसमा बजाइदेउ बाजा र पहिलो भेटमा बोलका दुई गीत संगृहित छन्। बजाइदेउ बाजा लोकपप शैलीमा छ। यसमा संगीतकार शम्भुजित बासकोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ। यो गीत नृत्यप्रधान बनेको छ। गीतको भिडियो भने केही सातापछि रिलिज गर्ने गीतकार क्षत्रीले कार्यक्रममा बताए।

अर्को गीत पहिलो भेटमैमा जुगल डंगोलको संगीत छ भने दुवै गीतको संगीत संयोजन जुगलले नै गरेका छन्। यो लोकशैलीको गजललाई गायिका सरिता भारती आफैंले लेखेकी हुन्। एल्बम आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो।

यसअघि डब्बु क्षत्रीका केही गीतमा आफूले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटक संगीत गरेको बासकोटाले बताए। यसअघि मेरो जवानी, लुडो र तास, कोरोनाले देशंै रोयो, रातो सारी लरक्कै जस्ता एकल ट्रयाक एल्बम ल्याएकी सरिताले संगीतकार बासकोटासँग काम गर्न पाउँदा धेरै सांगीतिक ज्ञान लिने अवसर मिलेको बताइन्।

यसै साता गायक हेम श्रेष्ठसँग दशैं गीत र तेस्रो साता गायक हिमालय राजसँग देउडा गीत ल्याउने सरिताले बताइन्। यसैबीच पहिलो भेटमै गीतको भिडियो पनि रिलिज गरिएको छ। जसमा अभिनेता दिक्पाल कार्कीसँग गायिका सरिता भारती आफैंले मोडलिङ गरेकी छन्। रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्