सबैलाई रुवाउने गीत ‘बाँचेको छु धन्न’ (भिडियोसहित)



दुर्गाप्रसाद शर्मा,पर्वत ।

सर्जक शिब सुबेदीको रचनामा बियोगान्त गीत ‘बाँचेको छु धन्न’बजारमा आएको छ । बिछोडपछि भेट भएका दुई प्रेमी प्रेमिकाले एक अर्काले ब्यक्त गर्ने भावनालाई समेटिएको गीतले धेरैलाई रुवाउन थालेको छ । पछिल्लो समयमा चर्चामा आएका गायिका समिक्षा अधिकारी र ‘चौतारीको बर’ गीतबाट चर्चामा आएका बिक्रम परियारले स्वर दिएका छन ।

गीतमा शब्द जस्तै अभिनयमा समेत सबैलाई रुवाउने कला प्रस्तुत गरिएको छ । एक हप्ता अघि बजारमा आएको बियोगान्त गीत‘बाँचेको छु धन्न’मा आधारित भएका छोटा भिडीयोहरु टिकटक फेसबुक जस्ता सामाजिक सञ्जालमा भाइरल भैरहेका छन । फ्रान्समा रहेका गीतकार डा. शिब सुबेदीको रचना रहेको यो गीतले धेरैलाई रुवाएको टिकटक र फेसबुकमा रहेका छोटा भिडीयोहरुमा देख्न सकिन्छ ।

‘अति माया गर्ने जोडी छुटिएपछिको पिरतीमा नै आधारित वियोगान्त गीत हो’ सर्जक सुबेदीले भन्नुभयो ‘ यु ट्युबको कमेन्ट हेर्दा सबैले यो गीतले रुवायो भन्नुभाको छ। ’ गीतको म्युजिक भिडीयोमा आशा खड्का र ‘सुन साईली’ बोलको गीतको म्युजिक भिडियोबाट चर्चामा आएका गौरब पहारीले अभिनय गरेका छन । ‘घामजस्तो चम्किलो जुन हुदैन’, ‘भुमरीमा परे भने म’ , ‘भुल्नै भयो धौ’ ‘घामले नि पोल्दियो’ ‘किन यस्तो हुन्छ’ लगायतका गीतहरु यस अघि बजारमा आएका थिए ।

हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्