दाहाल दम्पतीले गरे १ महिनाको भाडा छुट



लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिका वडा नं. ६ का दुतराज दाहालको दम्पतिले आफ्नो घर भाडामा लिएर ब्यपार गर्ने ब्यपारी र कोठामा भाडामा बस्ने परिवारलाई भदौ महिनाको भाडा छुट गरेका छन । मानेभञ्ज्याङ गाँउपालिकाको वडा नं. ६ थाक्लेमा ब्यपारिक प्रायोजनकालागी निर्माण गरेका ६ वटा टहरामा ब्यबसाय गर्ने ब्यपारी र कोठामा बस्ने दुई परिवारलाई भदौ महिनाको भाडा मिनाह गरेको दाहालले बताएका छन ।

दाहाल दम्पतिले प्रति टहराको दुई हजारका दरले ८ वटा टहराको १६ हजार भाडा छुट गरेको बताएका छन ।दाहालले लकडाउनको अबधी र खुले पश्चात पनि कोरोनाको त्रासका कारण ब्यपारमा गिरावट आएको र ब्यपारी हरुलाई आर्थिक रुपमा निक्कै असर पुगेको महसुुस गरेर एक महिनाको घर भाडा आफुले छुट गरेकोे बताए ।

दाहालले भाडामा बस्ने र घर भाडामा लिएर ब्यपार गर्नेहरुबाट सामान्य अबस्था रहेको बेलामा पैसा लिएर घर वेटिहरुले आफ् समस्या टार्ने गरेको र हालको अवस्थामा ब्यपारी र कोठामा बस्ने हरु नै समस्यामा रहेकोले यो बेला अवस्था हेरेर घर धानीहरुले घरभाडा छुट गाउनु पर्ने बताए ।

घर भाडा छुट गरेका दाहालले हालको अवस्थामा कोरोनाको संत्रासमा गरिएको लकडाउनका प्रभाब संघिय राजधानी लगाएत ठुला शहरहरुमा मात्रै नभएर प्रत्येक ठाँउमा परेकोले सबैठाउका घर वालाहरुले भाडामा बस्नेहरुको मार्का बुजेर उनिहरुलाई सहयोग गर्नुपर्ने धारणा राखे ।

भाडा छुट भए पछि राहात भएको महसुस गरेका किराना पसल ब्यबसायि भुपराज खत्रीले कोरोनाको कारणले ब्यपारब्यबसाय ठप्प रहेको बेला घरवेटिले भाडा छुट गरिदिँदा आफुलाई निक्कै ठुलो सहयोग पुगेको बताए । पसलबाट आएको आम्दानीले पाँच जनाको परिवार धान्दै आएका खत्रीले परिवारको गर्जाे टार्नु कि भाडा तिर्नु भन्ने परिस्थिति रहेको बेलामा घरवेटिले भाडा छुट गरेर ठुलो गुण लगाएको बताए ।

यसै गरि उद्योग बाणिज्यमाहासंघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्ध मास्केले संकटपूर्ण अबस्थामा ब्यपारिहरुको मार्का बुझेर घरभाडा छुट गरिदिएकोमा सम्बन्धित घरधनि प्रति आभार प्रकट गरे । साथै अध्यक्ष मास्केले यो बिषम परिस्थितिमा सबै घरधानीहरुले ब्यपारिहरुको मार्का बुझेर घरभाडा सहुलिएत वा सम्भव भए सम्म छुट गरि दिनु हुन अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुहोस्