बझाङ विमानस्थल निमार्ण कार्य अन्तिम चरणमा, स्थानीय हर्षित



ललित सिंह, बझाङ ।

एक दशक देखी बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको कालोपत्रे सहित वरिपरि घेरवार लगाउने काम र नाली निमार्णको काम सकिएको हो ।

ट्रमिनल भवन बाहेकका अन्य भौतिक संरचनाको काम सम्पन्न भए संगै विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको हो । विमानस्थल सुचारु गर्न पटक–पटक दबाब दिए पछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि टेन्डर आह्वान गरेको थियो ।

करिब ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्ट्रक्सनले विमानस्थललाई स्त्तरोन्ती गर्नेजिम्मा पाएको थियो । ७७ बैशाख महिनामै सम्पन्न गर्ने लक्ष्य भएको भए पनि कोरोना भाईरस अर्थात कोभिड १९ का कारण भएको बन्दाबन्दीका कारण विमानस्थल निमार्णको काम प्रभावित भएको ठेकेदार कम्पनिका प्रतिनिधि प्रदिप डंगोलको भनाई छ ।

उनले भने करिब ६ सय ५० मिटर रनवे कालोपत्रे र वरिपरिको नालीको काम सकिएको छ । अब विमानस्थलको साईड फिलिङको काम मात्र बाँकी छ । यो काम पनि असोज दोस्रो हप्ताभित्रै सकिने दोस्रो साता भित्र परिक्षण उडानको तयारी समेत भैरहेको उनको भनाई छ ।

लकडाउनका कारण परिक्षण उडान हुन नसकेको उहाँले जानकारी दिनु भयो । उड्यान मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्नसकीने तथा एरपोर्ट सुचारु हुने सक्ने छ ।बन्द विमानस्थल सुचारु हुने पछि यहाँका स्थानियहरु खुसी भएका छन ।

लामो समय पछि विमान चढने बझाङवासीको सपना पुरा हुने भएको छ । समयमै काम सम्पन्न भई विमान सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिहरूले ज्यान गुमाउन नपर्ने स्थानीय भरत खड्काले बताए ।

उनले भने हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिँउ जम्मा हुने र वर्षा भएको वेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । जस्का कारण यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । सडक अवरुद्ध हुँदा आपतकालीन विरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन ।

विमानस्थल सुचारु नहुँदा जिल्लामा आउने पर्यटकहरूको संख्यामा कमि आएको होटल व्यवसायि बिरेन्द्र बहादुर सिंहको भनाई छ ।
उनले भने बझाङको सडक यात्रा अत्यन्त कष्टपूर्ण छ । विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको साइपाल हिमाल, खप्तड राष्ट्रि निकुञ्ज, सुर्मा ताल, मालिका गोर्खाली गुफा, कैलाश मानासरोबर,गुरेईल झर्ना लगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत बृद्धी हुनेछ ।

विमानस्थलको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको भए पनि अव सरोकारवालाहरुले नियमित जहाज उडाका लागी पहल गर्नु पर्ने बझाङ जिल्ला बासिको भनाई छ । २०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्ति हुन नसक्दा जहाजले उडन भर्न सकेका थिएनन् । केही समय निगम बाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए ।

दन्द्र कालमा माओबादीले दुई पटक बिमान स्थलको टावरमा बम बिस्फोट गराए पछि सुरक्षा अभाब संगै बझाङबाट नेपालगन्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीहरूले पनि उडान रद्द गरेका थिए । अझै पनि धनगढी बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुइवटा ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरूले बताउँदै आएका छन् ।

तत्कालिन समयमा शाही नेपाल वायुसेवा निगमले साप्ताहिक रूपमा उडान सुरु गरेको भए पनि २०६५ सालमा बझाङ सदरमुकाम चैनपुर सम्म सडकको सजह पहुँच भए संगै विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्