काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिँदै : आज मात्रै ७६७ जनामा संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं जिल्लामा ६०२ जना ,ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन् ।

यस्तै आज देशभर भने १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । खनेपालमा हालसम्म कुल संक्रमितको संख्या ६४,१२२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्